default_image

3 years ago

November 8, 2022

पाँच विकेट लिएपछि कुशलले भने, ‘दीपेन्द्रसँग सधैं बलिङ मागी रहन्थें’

227 views

0 Bookmark

काठमाठौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका ओपनर कुशल भुर्तेलले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध पाँच विकेट लिएपछि आफूले कप्तान दीपेन्द्रसिंह ऐरीसँग सधैं बलिङ माग्ने गरेको बताएका छन् ।

मधेशलाई १ सय ९१ रनले हराउन लेग स्पिन गर्दै कुशल भुर्तेलले ८.३ ओभरमा २ मेडनसहित २२ रन खर्चेर ५ विकेट लिए । २ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको मधेश ८२ रनमै अल आउट भयो । कुशलले पहिलो पटक पाँच विकेट लिएका हुन् ।

चोभार एन्डबाट आएका कुशलले १८ औं ओभरको पहिलो बलमा रतन रौनक र दोस्रो बलमा राजेश यादवलाई आउट गर्दै ह्याट्रिक नजिक पुगेका थिए । तर तेस्रो बल उनले अफ साइड फ्ँयालेपछि ह्याट्रिक गर्न भनेका थिए । मधेश २३–५ को अवस्थामा पुगेपछि दीपेन्द्रले कुशललाई दिने निर्णय लिएका थिए ।

चोभार एण्डबाट लेग स्पिन गर्दै कुशलले बाँकी पाँच विकेट लिए । ‘पहिलो पटक पाँच विकेट लिँदा राम्रो लागेको छ । यस्तो होला सोचेको थिएन । राम्रो गर्छु भन्ने थियो । कप्तानले भरोसा गरेर दिएपछि ब्याटिङ, बलिङ र फिल्डिङ जे हुन्छ हरेक खेलमा राम्रो गर्छु भन्ने हुन्थ्यो’, कुशलले खेलपछि भने ।

एक समय आदिल आलम अन्सारी ५९ बलमा ९ रन बनाएर खेलेका थिए । टियु एण्डबाट आएका दीपेन्द्रलाई आदिलले २७ औं ओभरको दोस्रो बलमा लङअनमा सानदार छक्का हाने । त्यसपछिका दुई बलमा लगातार चौका हान्दै आफ्नो शैलीको खेल खेल्न लागे । त्यो समय कुशल आदिललाई नै बलिङ गर्न मन लागेको बताए ।

‘मलाई आदिललाई नै बलिङ गर्न मन लागेको थियो । चुनौती मलाई पनि थियो । टेलेन्डरलाई बलिङ गर्नु भन्दा एउटा राम्रो ब्याटरलाई बलिङ गर्दा राम्रो आत्माविश्वास आउँछ । आदिललाई बलिङ गर्दा खुशी थिए’, उनले भने । आदिललाई बोल्ड गर्दै कुशलले आफ्नो पाँच विकेट पूरा गरेका थिए ।

‘मैले जहिले कप्तान दीपेन्द्रसँग मलाई एक दुई ओभर बलिङ दे भनेर मागि राखेको हुन्थें । आज त अगाडिनै दियो । उसलाई प्रमाणित गर्न पाउँदा र राष्ट्रिय प्रशिक्षक मनोज प्रभाकरले पनि हेरि राखेका थिए । त्यसको लागि राम्रै छ’, कुशलले भने ।

यो प्रतियोगितामा कुशलको प्रदर्शन खासै सोचे जस्तो छैन । कुशल हाँस्दै खै बलिङतर्फ बढी ध्यान दिएको होर कि भनेर जवाफ दिन्छन् ।

नेपालले २०१६ मा यू–१९ विश्वकप खेल्दा कुशल र दीपेन्द्र दुबै प्रमुख खेलाडी थिए । कुशल त्यो समय मध्य गतिमा बलिङ गर्ने गर्दथे । सिनियर टोलीमा आएपछि उनले बलिङ गर्न छाडेका थिए ।

‘बलिङमा करिअर छ जस्तो लागेन । बलिङमा पेश पनि थिएन । ब्याकको पनि समस्या थियो । बलिङ छाडेपछि नेटमा स्पिन गर्न थाले । अरु खेल्दा म बलिङ गर्ने र म खेल्दा अरु बलिङ गर्ने गर्दा लेग स्पिनर गर्न थाले’, कुशलले भने ।

कुशलले आफ्ले नेटमा गरे जस्तो पूरै भने नगरेको बताए । प्रधानमन्त्री कप सकिएको एकदिनपछि घरेलु मैदानमा नेपालले युएईसँग तीन ओडिआई खेलको सिरिज खेल्नेछ । बाँकी दुई खेल कुशलले महत्वपूर्ण हुने बताउँछन् ।

‘हामीले आज राम्रो सुरुवात गर्यौ । त्यसमा कुशलले पनि नेटमा बलिङ गरि राखेको हुनुन्थ्यो । राम्रो पनि हुन्थ्यो । आज खेलमा बलिङ गराए र राम्रो पनि गर्यो । बधाई दिन चाहन्छु’, दीपेन्द्रले भने ।

ललित र सागर हुँदा हुँदै कुशललाई बलिङ दिनुमा दीपेन्द्रले सेमिफाइन र फाइनललाई तयारीको रुपमा दिएको बताए ।
तर यो किसिमको प्रदर्शन भने अनुमान नगरेको बताए । तर नेटमा भने राम्रो गर्ने गरेको दीपेन्द्रले बताए । पुलिसले फाइनल प्रवेशको लागि दोस्रो सेमिफाइनल खेलमा शुक्रबार टियु क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.