default_image

3 years ago

November 9, 2022

न्युजिल्यान्डविरुद्ध पाकिस्तान : सेमिफाइनल हेड टु हेड

284 views

0 Bookmark

एजेन्सी– आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १ : ४५ मा सिड्नी क्रिकेट मैदानमा सुरु हुनेछ ।

पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ ।

न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।

पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रन र बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

हेड टु हेड :

पाकिस्तान र न्युजिल्यान्डबीच कुल २८ टि२० आई खेल भएका छन् । पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच टि२० आईमा पाकिस्तान चार खेलमा विजयी भएको छ । गतवर्ष टि२० विश्वकपका पाकिस्तानले न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै समूह विजेता बनेको थियो ।

उक्त खेलमा हरिस रौफले चार विकेट लिएपछि न्युजिल्यान्ड १ सय ३४ रनमा अल आउट भएको थियो । अघिल्लो महिना त्रिकोणात्मक टि२० सिरिजमा पाकिस्तानले फाइनलमा घरेलु न्युजिल्यान्डलाई पाँच विकेटले हराउँदै उपाधि जितेको थियो ।

सेमिफाइनल पाँच पटक प्रतिस्पर्धा

आइसिसीको प्रतियोगितामा पाकिस्तान र न्युजिल्यान्डबीच हालसम्म सेमिफाइनलमा पाँच पटक प्रतिस्पर्धा गरेका छन् । जसमा पाकिस्तान तीन र न्युजिल्यान्ड दुई पटक विजयी भएका छन् । १३ वर्षपछि यी दुई टोली सेमिफाइनला भिड्न लागेका हुन् ।

यस सेमिफाइनललाई पाकिस्तानले सन् १९९२ को एकदिवसिय विश्वकप जित्दासँग तुलना गरिएको छ । उक्त सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई चार विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यो समय न्युजिल्यान्डले अष्ट्रेलियालाई हराउँदै शीर्ष स्थानमा रहेर सेमिफाइनल खेलेको थियो । पाकिस्तान अन्तिम चारमै थियो ।

सन् १९९९ को एकदिवसिय विश्वकपको सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सन् २००० च्याम्पियन्स ट्रफीमा मा पाकिस्तानलाई ४ विकेटले हराउँदै न्युजिल्यान्डले फाइनलमा स्थान बनाएको थियो । न्युजिल्यान्डले फाइनलमा भारतलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

सन् २००७ को टि२० विश्वकपको सेमिफाइनलमा पाकिस्तानले न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । सन् २००९ को च्याम्पियन्स ट्रर्फीमा पाकिस्तानलाई पाँच विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । त्यसपछि यी दुई टोलीले पहिलो पटक सेमिफाइनलमा भिड्न लागेका छन् ।

टस कतिको महत्वपूर्ण होला ?

सिड्नीमा पिचमा पछिल्ला ६ खेलमा टस जितेर पहिला ब्याटिङ रोज्दा पाँच पटक विजयी र एक पटक हार भएको छ । न्युजिल्यान्डले सिड्नी मै अष्ट्रेलियालाई पहिला ब्याटिङ गर्दै ८९ रनले हराएको थियो ।

इंग्ल्यान्डसँग लक्ष्य पछ्याउँदा २० रनले पराजित हुन पुगेको थियो । पाकिस्तानले पनि सिड्नीमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर ब्याटिङ गर्दै ३३ रनले हराएको थियो । त्यसैले आजको खेलमा टस जित्ने टोलीले पहिला ब्याटिङ गर्ने निर्णय लिने सम्भावना उच्च छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । प्रतियोगितामा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम प्रदेशका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.