default_image

2 years ago

November 9, 2022

न्युजिल्यान्डले टस जित्यो

123 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले टस जितेर पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

न्युजिल्यान्ड र पाकिस्तान दुबैले टोलीमा कुनै परिवर्तन गरेका छैनन् । पाकिस्तान तेस्रो र न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनलमा पुग्ने सोचमा हुनेछन् । न्युजिल्यान्ड सुपर १२ को समूह ए को विजेता र पाकिस्तान सुपर १२ को समूह बी को उपविजेताको रुपमा सेमिफाइनल खेलेका हुन् । दोस्रो सेमिफाइनलमा शुक्रबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा हुनेछ ।

न्युजिल्यान्डले सुपर १२ मा अष्ट्रेलियालाई ८९ रन, श्रीलंकालाई ६५ रन र आयरल्यान्डलाई ३५ रनले हराएको थियो । इंग्ल्यान्डसँग २० रनले पराजित हुँदा अफगानिस्तानसँग वर्षाको कारण अंक बाँडेको थियो ।

पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेटले पराजित भएको थियो । जिम्बावेसँग एक रनले स्तब्ध भएको पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा ३३ रन र बंगलादेशलाई पाँच विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो ।

पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । सन् २००७ को फाइनलमा भारतसँग पराजित भएको थियो । न्युजिल्यान्ड गत वर्ष पहिलो पटक फाइनलमा पुग्दै अष्ट्रेलियासँग ८ विकेटले पराजित भएको थियो ।

हेड टु हेड :

यी दुई देशबीच कुल २८ खेल हुँदा पाकिस्तान १७ र न्युजिल्यान्ड ११ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच खेलमा पाकिस्तान चार खेलमा विजयी भएको छ । आइसिसीको प्रतियोगिता सेमिफाइनलमा यी दुई टोलीबीच पाँच खेल भएका छन् । जसमा पाकिस्तान तीन र न्युजिल्यान्ड दुई खेलमा विजयी भएका छन् ।

पाकिस्तानको प्लेइङ ११ :

मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शन मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी ।

न्युजिल्यान्डको प्लेइङ ११ :

फिन एलेन, डेभन कन्वे (विकेटकिरि), केन विलियम्सन (कप्तान), ग्लेन फिलिप्स, डर्याल मिचेल, जेम्श निसम, मिचेल सान्टनार, टिम साउथी, ईश सोधी, लोकी फर्गुसन र ट्रेन्ट बोल्ट ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.