default_image

2 years ago

November 9, 2022

पाकिस्तानलाई फाइनलमा पुग्न न्युजिल्यान्डको मध्यम लक्ष्य

107 views

0 Bookmark

एजेन्सी – मध्यक्रमका ब्याटर डर्याल मिचेलको अर्धशतकमा न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा पाकिस्तानलाई १ सय ५३ रनको मध्यम लक्ष्य दिएको छ ।

सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो ।

न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए । जेम्श निसम १२ बलमा १ चौकासहित १६ रनमा अविजित रहे ।

इनिङको पहिलो बलमै ओपनर फिन एलेनले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीलाई लङअनमा चौका हान्दै राम्रो सुरुवातको संकेत दिएका थिए । तर दोस्रो बलमा उनी रिभ्युको कारण बचे । इन स्वींग बलमा अम्पायरले एलबीडब्लू आउट दिएपनि एलेनले रिभ्यु लिँदा बलले ब्याटमा लगोको थियो।

तर तेस्रो बलमा भने उनी एलीबडब्लू आउटको शिकार बन्न पुगे । रिभ्यु लिएपनि लगातार दोस्रो पटक एलेन सफल हुन सकेनन् । दोस्रो विकेटका लागि केन विलियम्सन र डेभन कन्वेले ३४ रनको साझेदारी गरेका थिए ।

कन्वे छैटौं ओभरको अन्तिम बलमा एक रन लिने धुनमा २१ रनमा रन आउट भए । नन स्ट्राइकमा शादब खानले मिडअफबाट डाइरेक्ट स्टम्प ताकेपछि पेभेलिएन फर्किनु परेको थियो । उनले २० बलमा ३ चौका हाने ।

आठौं ओभरको अन्तिम बलमा ग्लेन फिलिप्स स्पिनर मोहम्मद नवाजको बलमा ६ रनमा कट एण्ड बोल्ड भएपछि न्युजिल्यान्ड ४९–३ को अवस्थामा पुगेको थियो । बंगलादेशविरुद्ध शतक हानेका फिलिप्स आउट भएपछि विलियम्सन र डर्याल मिचेल पनि दबाबमा परेका थिए ।

चौथो विकेटका लागि विलियम्सन र डर्याल मिचेलले ५० बलमा ६८ रनको साझेदारी गरेका थिए । विलियम्सनको १७ औं ओभरको दोस्रो बलमा दील स्कुप सट खेल्न खोजेपनि विलियम्सन बोल्ड हुन पुगेका थिए ।

पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । मोहम्मद नवाजले २ ओभरमा १२ रन खर्चेर १ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.