default_image

3 years ago

November 9, 2022

पाकिस्तान १३ वर्षपछि टि२० विश्वकपको फाइनलमा

255 views

0 Bookmark

एजेन्सी– पाकिस्तान आइसिसी टि२० विश्वकपमा १३ वर्षपछि फाइनलमा पुगेको छ । पाकिस्तानले बुधबार पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो ।

यस विश्वकपमा निकै भाग्यमानी मानिएको पाकिस्तान सन् २००९ को विश्वकपपछि पहिलो पटक फाइनलमा पुगेको हो । पाकिस्तानले २००९ को विश्वकपमा श्रीलंकालाई ८ विकेटले हराउँदै विश्वकप जितेको थियो । त्यसपछि पाकिस्तान फाइनलमा पुग्न सकेको थिएन । पाकिस्तान गतवर्ष टि२० विश्वकप सेमिफाइनलमा अष्ट्रेलियासँग ५ विकेटले पराजित हुँदै बाहिरिएको थियो ।

पहिलो संस्करण २००७ को विश्वकपमा पाकिस्तान फाइनलमा भारतसँग पाँच रनले पराजित भएको थियो । त्यसअघि समूह चरणमा पाकिस्तान बल आउटमा भारतसँग पराजित भएको थियो ।

पाकिस्तानले १९९२ को एकदिवसिय विश्वकप उपाधि जित्दा सेमिफाइनलमा न्युजिल्यान्डलाई नै ४ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो । २०१० को टि२० विश्वकपको सेमिफाइनलमा पाकिस्तान अष्ट्रेलियासँग तीन विकेटले पराजित हुँदै बाहिरिएको थियो । अन्य टि२० विश्वकपमा पहिलो चरणबाट बाहिरिदै आएको थियो ।

भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले हारेपछि पाकिस्तानले नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । दक्षिण अफ्रिका सेमिफाइनलमा पुग्न जित्नै पर्ने खेलमा नेदरल्यान्ड्सँग १३ पराजित भएपछि सेमिफाइनलमा स्थान बनाएको हो ।

पाकिस्तानले आइसिसी उपाधिको रुपमा अन्तिम पटक २०१७ को च्याम्पियन्स ट्रफी जितेको थियो । पाकिस्तानले फाइनलमा भारतलाई १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । पाकिस्तानले उपाधिको लागि आइतबार भारत र इंग्ल्यान्ड मध्य एक टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेलमा बिहीबार भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । जसको विजेताले पाकिस्तानसँग खेल्नेछ ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ४३ बलमा ५ चौकासहित सर्वाधिक ५७ रनमा आउट भए ।

कप्तान बाबर आजम ४२ बलमा ७ चौकासहित ५३ रनमा आउट भए । पहिलो विकेटका लागि बाबर आजम र मोहम्मद रिजवानले १२.४ ओभरमा १ सय ५ रनको शतकीय साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.