default_image

2 years ago

November 9, 2022

‘पाकिस्तान जितको हकदार थियो’ – विलियम्सन

139 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकपको सेमिफाइनलमा हार बेहोरेपछि न्युजिल्यान्डका कप्तान केन विलियम्सनले पाकिस्तान जितको हकदार रहेको बताएका छन् ।

पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो । सन् २००९ मा उपाधि जितेपछि पहिलो पटक टि२० विश्वकपको फाइनलमा पुग्ने क्रममा पाकिस्तानले राम्रो प्रदर्शन गर्यो । बलिङमा राम्रो सुरुवात गरेको पाकिस्तानले ब्याटिङमा पनि दुई ओपनरको अर्धशतकिय साथ पाएको थियो ।

खेलपछि बोल्दै कप्तान विलियम्सनले पाकिस्तानले राम्रो प्रदर्शन गरेको बताए । ‘मलाई लाग्छ पाकिस्तानले राम्रो सुरुवात गर्यो । तर बिचमा हामीले मोमेन्टम फिर्ता पाएका थियौं । इनिङ समाप्त हुँदा हामी खेलमा कायम नै थियौं,’ उनले भने ।

‘दोस्रो इनिङमा पाकिस्तानलाई कडा मिहिनेत गर्ने अवस्थामा पुर्याउन सकेनौं । पक्कैपनि यो हार पचाउन कठिन हुन्छ । हाम्रो फिल्डिङ ठिकै थियो, तर अन्य पक्षमा हामीले अझ राम्रो गर्नुपर्ने थियो,’ विलियम्सनले थपे ।

‘मैले अघि पनि भनें, पाकिस्तान जितको हकदार थियो । लिग चरणभर हामीले राम्रो खेल्यौं र आज हामी आफ्नो उच्च प्रदर्शन गर्नबाट चुक्यौं । टि२० क्रिकेटको प्रकृति नै यस्तै हो,’ उनले टुंग्याए ।

पाकिस्तानले अब आइतबार हुने फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा विहीबार इंग्ल्यान्ड र भारत भिड्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.