default_image

2 years ago

November 9, 2022

न्युजिल्यान्डले पाकिस्तानसँग हार्नुको प्रमुख पाँच कारण

144 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्ड पाकिस्तानसँग ७ विकेटले पराजित हुँदै बाहिरियो । गत वर्षको उपविजेता टोली न्युजिल्यान्डको प्रभाव सेमिफाइनलमै अन्त्य हुन पुग्यो । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डले विश्वकप र ठूला उपाधिमा लगातार सानदार प्रदर्शन गर्दै आएको छ।

जितको लागि १ सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका विकेटकिपर मोहम्मद रिजवान ४३ बलमा ५ चौकासहित सर्वाधिक ५७ रनमा आउट भए । बाबर आजम ४२ बलमा ७ चौकासहित ५३ रनमा आउट भए ।

त्यसअघि सिड्नी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ५२ रन बनायो । न्युजिल्यान्डका डर्याल मिचेल ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनमा अविजित रहे । कप्तान केन विलियम्सनले ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन बनाए ।

सिड्नी क्रिकेट मैदानमा निर्णायक मानिएको टस न्युजिल्यान्डले जितेको थियो । यस विश्वकपमा यसअघि सिड्नीमा भएका ६ खेलमा पहिला ब्याटिङ रोज्ने टोली पाँच पटक विजयी भएका थिए । न्युजिल्यान्डले पनि ब्याटिङनै रोज्यो । यदि पाकिस्तानले टस जितेको भएपनि रोज्ने ब्याटिङ नै थियो ।

सुपर १२ को समूह ए को विजेता न्युजिल्यान्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेलेको थियो । महत्वपूर्ण टस जितेपनि पाकिस्तानसँग हार्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.ब्याटिङमा राम्रो अन्त्य गर्न नसक्नु

सिड्नीको मैदानमा विशाल योगफल बनाउन कठिन पर्छ । राम्रो बलिङ आक्रामण भएको टोलीलाई १ सय ७० रन भन्दा माथिको योगफल सुरक्षित मानिन्छ । पिच स्वलो हुँदा रन बनाउन कठिन पर्छ । त्यसैले हरेक टोली पहिला ब्याटिङ गर्ने निर्णय लिन बढी रुचाउँछन् । सिड्नीमा त्यो निर्णय सहि सावित पनि हुँदै आएको छ । अन्य मैदानमा पहिला बलिङ बढी रोज्ने गर्दछन् ।

एक समय न्युजिल्यान्ड १५ ओभरमा १०६–३ को बलियो अवस्थामा थियो । क्रिजमा केन विलियम्सन र डर्याल मिचेल सेट भई सकेका थिए । यी दुई ब्याटरलाई पिच र विपक्षी बलर बारे राम्रोसँग थाहा थियो । जेम्श निसम र मिचेल सान्टनर जस्ता हिटर आउन बाँकी हुँदा प्रतिओभर १२ को दरले रन जोड्दा न्युजिल्यान्डले ६० रन बनाउन सक्थ्यो । जुन योगफल जितको लागि पर्याप्त बन्न सक्थ्यो ।

स्कोर बोर्डको दबाब बढी हुन थियो । तर न्युजिल्यान्डले बाँकी ३० बलमा ४६ रन जोड्यो । खेलको पुरै मोमेन्ट पाकिस्तानमा लगेर पेभेलिएन पर्कियो । न्युजिल्यान्डले अन्तिम पाँच ओभरमा बाउन्ड्रीको रुपमा दुई चौका मात्रै गरेको थियो । अन्तिम पाँच ओभरमा आक्रामक ब्याटिङ गर्दै राम्रो अन्त्य गर्न नसक्नु न्युजिल्यान्डको हारको कारणमा पर्दछ ।

४.पावर प्लेमा राम्रो सुरुवात गर्न नसक्नु

कुनैपनि टोलीलाई राम्रो योगफलमा पुग्न सुरुवात दमदार गर्नुपर्छ । सिड्नीमा यस विश्वकपमा भएका सात मध्य पाँच खेल पहिला ब्याटिङ गर्ने टोलीले जितेका छन् ।

टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्डले पावर प्लेमा २ विकेट गुमाउँदै ३८ रन बनाएको थियो । अर्थात सुरुवाती ३६ बलमा न्युजिल्यान्डले ३८ रन जोडेको थियो । पावर प्लेको फाइदा न्युजिल्यान्डले उठाउन सकेन । त्यहिँ नै ठूलो योगफलको सम्भावना टाढिएको थियो । त्यसपछि विलियम्सन र मिचेलले खुलेर खेल्न सकेनन् ।

प्रमुख दुई ब्याटर फिन एलेन र डेभन कन्वे आउट भएपछि पाकिस्तान खेलमा हाबी बनेको थियो । सुरुवात राम्रो गरेको भए पाकिस्तानी बलर दबाबमा पर्न सक्थ्यो । दबाबमा नै बलरले खराब प्रदर्शन गर्ने सम्भावना बढी हुन्छ । यस खेलमा हेर्ने हो भने अफ्रिदीले दुई र मोहम्मद नवाजले एक विकेट लिएका छन् ।

पाकिस्तानका तीन तीव्र गतिका बलर मोहम्मद वासिम जुनियर, नसिम शाह र हरिस रौफ विकेट विहीन थिए । शादब खानले पनि विकेट लिन सकेनन् । तरपनि पाकिस्तानले न्युजिल्यान्डलाई मध्यम योगफलमै रोकेको थियो । कमजोर सुरुवात हारको कारण बन्यो ।

यसै मैदानमा अष्ट्रेलियालाई ८९ रनले हराउन न्युजिल्यान्डले पहिला ब्याटिङ गर्दै पावर प्लेमा ६५ रन जोडेको थियो । राम्रो सुरुवातले मध्यक्रम र तल्लोक्रमका ब्याटर खुलेर खेल्न पाउने हुँदा थप विशाल योगफलको सम्भावना रहन्छ ।

३.बाबरको क्याच ड्रप

पाकिस्तानका कप्तान बाबर आजम यस प्रतियोगितामा लयमा थिएनन् । यसअघि पुरै प्रतियोगिता भर बाबरले पाँच खेलमा (०, ४, ४, ६ र २५) कुल ३९ रन बनाएका थिए । मध्यम योगफलमा जित निहाल्न कुनैपनि टोलीले उत्कृष्ट सुरुवात गनुपर्छ । पहिलो पावर प्लेमा तीन चार विकेट लिएमा सानो योगफलमा पनि जित हात पार्न सकिन्छ ।

न्युजिल्यान्डलाई त्यो अवसर पहिलो ओभरमै आएको थियो । तीव्र गतिका बलर ट्रेन्ट बोल्टको पहिलो ओभरको चौथो बलमा बाबरले खेलेको पहिलो बलमै विकेटकिपर डेभन कन्वेले क्याच छोड्दै जीवनदान दिएका थिए । जुन जीवनदानको भरपूर्ण फाइदा उठाउँदै बाबरले ५३ रनको अर्धशतकीय विजयी इनिङ खेले ।

रिजवानसँग १ सय ५ रनको शतकीय साझेदारी गर्दै सहज जितको आधार तय गरे । बाबर आउट भएको भए नयाँ ब्याटरलाई स्वलो पिचमा न्युजिल्यान्डको विश्वस्तरिय बलिङ आक्रामण सामु रन बनाउन कठिन पर्ने थियो । पहिलो ओभरमै विकेट गुमाउँदा पाकिस्तान दबाबमा पर्ने हुँदा थप विकेट आउन सक्थ्यो ।

रिजवानले अर्को एन्डबाट साथ नपाउन सक्थें र न्युजिल्यान्ड खेलमा हाबी हुन सक्थ्यो । जिम्बावेले प्रस्तुत गरेको १ सय ३१ रनको लक्ष्य पछ्याउनेक्रममा एक रनले पराजित हुँदा पाकिस्तानको सुरुवात कमजोर थियो । मध्यक्रम पाकिस्तानको सबैभन्दा ठूलो कमजोरी रहँदै आएको थियो ।

२.कन्वेको रन आउट

ओपनर डेभन कन्वेको रन आउट खेलको एक टर्निङ प्वाइन्ट मानिन्छ। कन्वेले यसै मैदानमा अष्ट्रेलियालाई हराउन ९२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । कन्वे न्युजिल्यान्डका भरपर्दा ब्याटर हुन् । विलियम्सनले बाउन्ड्रीमा संघर्ष गर्दा कन्वे अर्कोतर्फबाट दबाबमा राख्न खोजेका थिए ।

कन्वेले २० बलमा ३ चौका प्रहार गरेका थिए । कन्वे टिकेको भए ठूलो इनिङ खेल्दै विशाल योगफल बनाउन सक्थे । अन्य ब्याटरलाई अर्को एन्डबाट बिना दबाब खेल्न सहज पनि हुन्थ्यो । पहिलो विकेट गुमी सकेको हुँदा ठूलो रनको साझेदारी आवश्यक पर्दथ्यो ।

त्यसैले पावर प्लेको अन्तिम बलमा एक रनमा जोखिम लिन कुनै आवश्यक थिएन । हरिस रौफको बलमा मिड अफमा जोखिम पूर्ण रन दौडिन कुदेका कन्वे रन आउटको शिकार भए । शादब खानले मिडअफबाट नन स्ट्राइकमा प्रहार गरेको थ्रो सिधैं स्टम्पमा लागेपछि कन्वे पेभेलिएन फर्किनु परेको थियो ।

१.बाउन्ड्रीमा जोखिम नलिनु

टि२० खेल नै चौका र छक्कोको खेल हो । तर न्युजिल्यान्डले आज डबल सिंगलमा रन बढी ध्यान दियो । अन्तिम ३० बलमा मात्रै दुई चौका प्रहार गरेको थियो । जवकी हातमा ६ विकेट थियो । अन्तिम ३० बलमा कम्तिमा ७–८ बाउन्ड्री प्रहार गर्न सकेको भए नतिजा फरक आउन सक्थ्यो ।

सुरुवाती ३० बलमा ४ चौका मात्रै प्रहार गरेको थियो । तेस्रो, चौथो र पाँचौं ओभरमा एक पनि बाउन्ड्री प्रहार गर्न सकेन । यी तीन ओभर अर्थात १८ बलमा १६ रन मात्रै जोडेको थियो । ६ देखि १५ ओभर सम्म ४ चौका र २ छक्का मात्रै प्रहार गरेको थियो । आठौं, नवौं र दशौं ओभरमा बाउन्ड्री विहीन हुँदै मात्रै १५ रन जोडेको थियो । अर्कोतर्फ विकेट पनि गुमेको थिएन । न्युजिल्यान्डले खेलमा बाउन्ड्रीको जोखिम लिएन ।

न्युजिल्यान्डले खेलमा १० चौका र २ छक्का मात्रै प्रहार गर्यो । अर्थात १ सय ५२ मध्य बाउन्ड्रीबाट ५२, डबल सिंगलबाट ९४ र अतिरिक्त ६ रन पाएको थियो । डबल सिंगल र बाउन्ड्री उल्टो हुनुपर्ने थियो । प्रमुख ब्याटर तथा कप्तान केन विलियम्सनले नै ४२ बलमा १ चौका र १ छक्कासहित ४६ रन जोडेका थिए ।

अनि मात्रै विशाल योगफल बन्न सक्थ्यो । बाउन्ड्री विना टि२० क्रिकेटमा विशाल योगफल हुँदैन । बाउन्ड्रीको जोखिम नलिनु हारको कारण हो । पाकिस्तानले लक्ष्य पूरा गर्दा १४ चौका र १ छक्का प्रहार गरेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.