default_image

2 years ago

November 9, 2022

‘मधेशलाई फाइनल खेल्ने पहिलो प्रदेश बनाउन प्रयास गर्छु’– आदिल

98 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका विष्फोटक अलराउन्डर आदिल अन्सारीले काठमाडौंमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशलाई फाइनल खेल्ने पहिलो प्रदेश टोली बनाउन प्रयास गर्ने बताएका छन् ।

आदिलले मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएपछि उक्त प्रतिक्रिया दिएका थिए । मधेशले विहीबार पहिलो सेमिफाइनल खेलमा टियु क्रिकेट मैदानमा नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । एपिएफलाई हराउन सके मधेश फाइनल खेल्ने पहिलो टोली बन्नेछ ।

‘म प्रयास गर्छु अर्को खेलमा अझ राम्रो गरौं । कुनै प्रदेश अहिले सम्म फाइनलमा पुगेको छैन । आफ्नो प्रदेशलाई फाइनल खेलाउन प्रयास गर्ने छु’, आदिलले भने ।

‘एपिएफ टिम एकदमै राम्रो छ । हाम्रो टिम पनि त्यतिनै राम्रो छ । पुलिससँग हार्नुमा हाम्रो आज दिन राम्रो थिएन । राम्रो खेल्न सकेनौं । त्यो खेल एकदम रोमान्चक हुनेछ’ , उनले भने ।

मधेश प्रदेश पहिलो पटक सेमिफाइनल खेल्दैछ । यसअघिका सबै संस्करणमा समूह चरणबाटै बाहिरिएको थियो । आदिल पहिलो पटक सेमिफाइनल खेल्न पाउँदा खुशी छन् ।

‘सेमिफाइनल खेल्न हाबी धेरै उत्साहित छौं । हामी पहिलो पटक खेलेको हुँदा खुशी पनि छौं । हामी सेमिफाइनल जस्तो खेल्ने छौं’, आदिलले भने ।

यस प्रतियोगितामा मधेशको तीव्र गतिको बलिङ आक्रामण राम्रो देखिएको छ । राजेश यादव, विशाल पटेल र रुपेश सिंह प्रमुख तीव्र गतिका बलरको रुपमा छन् । आदिल चौथो तीव्र गतिका बलरको विकल्प हुन् । विवेक यादव भने पूर्ण फिट नहुँदा बलिङ गरेका छैनन् ।

‘हाम्रो बलिङ आक्रामण एकदमै राम्रो छ । त्यसमा कुनै शंका छैन । राम्रो खेल्न प्रयास गरेको छु’, आदिलले भने । मधेशको टोलीमा अनिल कुमार शाह, विवेक यादव र आदिल नेपाली टोलीबाट खेलि सकेका खेलाडी छन् । त्यस्तै हरिशंकर शाह, सन्तोष कार्की, रोहन विक लगायतका खेलाडीले पनि राम्रो ब्याटिङ गरेका छन् ।

यसअघि मधेशले आफ्नो क्षमता अनुसार खेल्न सकेको थिएन । नेपाली टोलीबाट खेलि सकेका अनिल कुमार शाह नेपाल पुलिस क्लब छाडेर यसै संस्करण देखि मधेश फर्किएका छन् । अनिल टोलीमा फर्किएपछि मधेश पनि राम्रो देखिएको छ ।

‘अनुभवी खेलाडी टोलीमा आएपछि राम्रो हुन्छ । वहाँसँग अनुभव पनि धेरै छ । वहाँले राम्रो क्रिकेट खेल्नु भएको छ । यो टोलीमा सबै युवा खेलाडी छ । सबैले राम्रो गर्न खोजेको छ । सबैले आफ्नो शत प्रतिशत दिन खोजेको छ’, उनले भने ।

मधेशले पहिलो खेलमा प्रदेश १ लाई ७२ रनले हराएको थियो । दोस्रो खेलमा लुम्बिनी प्रदेशलाई ९२ रनले पराजित गरेको थियो । बागमती प्रदेशसँगको खेल टाई भएपछि सेमिफाइनला पुगेको थियो । पुलिससँग भने १ सय ९१ रनको अन्तरले पराजित हुन पुग्यो । मधेशले लुम्बिनी प्रदेशलाई पछि पार्दै पहिलो पटक सेमिफाइनलमा स्थान बनाएको थियो ।

दोस्रो सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच टियु मैदानमा प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार टियु मैदानमा हुनेछ ।

प्रधानमन्त्री कपको विजेताले १० लाख र उपविजेता टोलीले ५ लाख पाउनेछन् । सेमिफाइनलबाट बाहिरिने टोलीले ५०-५० हजार पाउनेछन् । त्यस्तै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ पाउने भएका छन् ।

प्रतियोगिता उत्कृष्ट ब्याटर र बलरले समान २० हजार पाउनेछन् । प्रतियोगिता उदीयमान खेलाडीले १० हजार प्राप्त गर्नेछन् । प्लेयर अफ द म्याचले ५ हजार पाउनेछन् । प्रतियोगिताको अनुमाति कुल बजेत १ करोड ५० लाख छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६० लाख र अन्य क्यानले आन्तरिक श्रोतबाट पूरा गर्नेछ ।

यो पनि पढ्नुहोस् : उस्तै छ मुलपानीको पिच

अंक तालिका

समूह ए मा नेपाल एपिएफ क्लब ४ खेलमा ७ अंकका साथ शीर्ष स्थानमा रह्यो । आर्मी ३ खेलमा ६ अंकका साथ दोस्रो स्थानमा रह्यो । गण्डकी ४ खेलमा ५ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । सुदूरपश्चिम ४ खेलमा २ अंकका साथ चौथो स्थानमा रह्यो । कर्णाली जित विहीन हुँदै बाहिरियो ।

समूह बी मा पुलिस ४ खेलमा ८ अंकका साथ शीर्ष स्थानमा रह्यो । मधेश ४ खेलमा ५ अंकका साथ पहिलो पटक सेमिफाइनलमा स्थान बनाउन सफल भयो । लुम्बिनी ४ खेलमा ४ अंकका साथ तेस्रो स्थानमा रहेर बाहिरियो । प्रदेश १ ले ४ खेलमा २ अंकका साथ चोथो स्थानमा रह्यो । बागमती पहिलो पटक जित विहीन हुँदै बाहिरियो ।

आदिलको पूरा भिडियो :

May 14, 2024

पहिलो अभ्यास खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालको विश्वकप टोलीमा रहेका १५ मध्य कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरा आज प्लेइङ […]

May 14, 2024

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

ललितपुर (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसला मंगलबार पनि भएन । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका सन्दीपको मुद्दाको बहस हेर्दाहेर्दैमा राखिएको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको मंगलबार इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनले जनाएको‌ छ । जवाफी बहस […]

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

Success

Thank you for your time.