default_image

3 years ago

November 10, 2022

विश्वकपको दोस्रो सेमिफाइनलमा आज भारत र इंग्ल्यान्ड भिड्दै

319 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा आज भारत र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा एडिलेड ओभलमा सुरु हुनेछ ।

विष्फोटक ब्याटरले भोरिएका उपाधिका प्रमुख यी दुई मध्य एक टोली फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

भारत सुपर १२ को समूह बी को विजेता टोली हो । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । सुपर १२ मा चार खेल जित्ने भारत एकमात्र टोली हो । भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।

इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो । इंग्ल्यान्ड र भारत दुबैको टोलीमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो ।

भारत २००७ को च्याम्पियन टोली हो । भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित हुन पुगेको थियो । भारत ८ वर्षपछि फाइनल खेल्ने सोचमा हुनेछ । १५ वर्षपछि उपाधि जित्ने दाउँमा छ ।

यता इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । बेन स्टोक्सलाई अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले दोस्रो पटक उपाधि जिताएका थिए ।

भारत ओपनर रोहित शर्मा र लोकेश राहुलबाट राम्रो सुरुवात चाहन्छ । टि२० क्रिकेटमा सुरुवातले धेरै महत्वपूर्ण अर्थ राख्छ । त्यसपछि विराट कोहली र सूर्य कुमार यादव रहनेछन् । विराट र सूर्यको प्रदर्शनमा धेरै निर्भर रहने देखिन्छ । यस विश्वकपमा विराट र सूर्यले सानदार प्रदर्शन गरेका छन् । कोहलीले ५ खेलमा ३ अर्धशतकसहित २ सय ४६ रन बनाएका थिए ।

पाकिस्तानलाई हराउन कोहलीले अविजित ८२ रन जोडेका थिए । कोहली म्याच विनर ब्याटर हुँदा उनको विकेट निकै महत्वपूर्ण हुनेछ । भारतीय ब्याटरको लागि इन स्वींग बल भने ठूलो कमजोरी बन्दै आएको छ ।

यता सूर्यको खेल्ने शैलीलाई दक्षिण अफ्रिकी पूर्व विष्फोटक ब्याटर एवि डिभिलियर्ससँग तुलना गर्ने गरिन्छ । सूर्यले ५ खेलमा ३ अर्धशतकसहित १९३.९६ को स्ट्राइकरेटमा २ सय २५ रन बनाएका छन् । सूर्य दबाबमा पनि विष्फोटक इनिङ खेल्ने हुँदा उनको विकेटले योगफल निर्धारण गर्नेछ । पाँचौं नम्बरमा हार्दिक पान्ड्या खेल्नेछन् ।

भारतलाई दीनेश कार्तिक वा ऋषभ पन्त खेलाउनेमा दुविधा छ । इंग्ल्यान्डविरुद्ध राम्रो प्रदर्शन हुँदा पन्त रोजाईमा पर्नसक्छन् । तल्लोक्रममा रविचन्द्रन आश्विन र अक्षर पटेल हुनेछन् । तीव्र गतिका बलरमा मोहम्मद शामी, भुवनेश्वर कुमार र अर्शदीप सिंह हुनेछन् । अर्शदीप घातक बन्न सक्छन् ।

यता इंग्ल्यान्डको ओपनर जस बटलर र एलेक्स एल्सले पावर प्लेमा सानदार सुरुवात दिलाउँदै आएका छन् । तर यी दुई ब्याटर मध्य एक अन्तिम सम्म टिकेर खेल्नु पर्ने हुन्छ । डेविड मलान घाइते हुँदा उनको स्थानमा फिलिप साल्टलाई खेल्ने देखिन्छ । साल्ट पनि आक्रामक ब्याटिङ गर्ने गर्दछन् । कप्तान बटलरबाट महत्वपूर्ण खेलमा इंग्ल्यान्ड ठूलो इनिङ चाहन्छ ।

चौथो नम्बरमा बेन स्टोक्स र पाँचौं नम्बरमा लियाम लिभिङस्टोन हुनेछन् । यी दुबै ब्याटर विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । तर विष्फोटकसँगै ठूलो इनिङ खेल्नुपर्ने हुन्छ । त्यसपछि मोईन अली र साम करन हुनेछन् । यी दुबै अलराउन्डर राम्रो ब्याटिङ गर्ने गर्दछन् । क्रिस वोक्स र क्रिस जोर्डन पनि ब्याटिङका लागि चिनिन्छन् । प्रमुख पाँच मध्य एकले ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।

प्रमुख बलर मार्क वुड चोटका कारण सेमिफाइनल गुमाउने उच्च सम्भावना छ । उनको स्थान क्रिस जोर्डनले लिनेछन् । तीव्र गतिका बलरमा साम करन, क्रिस जोर्डन र क्रिस वोक्स हुनेछन् । बेन स्टोक्स चौथो विकल्प हुनेछन् । मोईन अलीको स्पिन आक्रामणलाई आदिल राशिदले साथ दिनेछन् । पार्टटाइम स्पिनमा लियाम लिभिङस्टोन हुनेछन् ।

डेथ ओभरमा साम करनले सानदार बलिङ गर्दै आएका छन् । उनको प्रदर्शन आज पनि महत्वपूर्ण हुनेछ । सूर्यलाई करनले ८ खेलमा १३ रन दिँदा दुई पटक आउट गरेका छन् । यी दुई खेलाडीको ब्याटल हेर्न लायक हुनेछन् । यस खेलको विजेताले आइतबार मेलबर्न क्रिकेट मैदानमा उपाधिको लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

हेड टु हेड :

इंग्ल्यान्ड र भारतबीच टि२० आईमा २२ खेल भएका छन् । जसमा इंग्ल्यान्ड १० र भारत १२ खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भारत चार खेलमा विजयी भएको छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.