default_image

2 years ago

November 10, 2022

कमलको उत्कृष्ट बलिङमा एपिएफलाई फाइनलमा पुग्न सामान्य लक्ष्य

168 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीको उत्कृष्ट बलिङमा मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो सेमिफाइनल खेलमा नेपाल एपिएफ क्लबलाई १ सय २३ रनको सामान्य लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेश ३१ ओभरमा १ सय २२ रनमा अल आउट भयो । मधेशका लागि रुपेश सिंहले २३ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ३६ रनमा आउट भए । नवौं नम्बरका ब्याटर रुपेश बाहेक अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

अन्तिम विकेटका लागि रुपेश र प्रदीप पासवानले २८ रनको साझेदारी गर्दै एक सय रनको आकडा पार गराएका थिए । अन्तिम विकेटका रुपमा प्रदीपलाई कमलसिंह ऐरीले बोल्ड गर्दै अल आउट गरेका थिए ।

चोभार एण्डबाट आएका तीव्र गतिका बलर कमलसिंह ऐरीले सातौं ओभरको तेस्रो बलमा कप्तान हरिशंकर शाहलाई ६ रनमा बोल्ड गर्दै पहिलो सफलता दिलाए । लगत्तै अर्को बलमा कमलले युवा ब्याटर रोहन विकलाई शून्यमा एलबीडब्लू आउट गरे ।


प्रमुख ब्याटर अनिल कुमार शाहलाई कमलले मौसम ढकालबाट १३ रनमा क्याच गराएपछि मधेश ३०–३ को अवस्थामा पुगेको थियो । स्पिनर भुवन कार्कीले ओपनर सन्तोष कार्कीलाई एलबीडब्लू धरापमा पारे ।

१६ औं ओभरको चौथो बलमा विशाल शुश्लिङ सट लेगमा सुमित महर्जनबाट एक रनमा क्याच आउट भए । सुमित महर्जनले नै डाइरेक्ट थ्रोमा ईमरान शेखलाई १६ रनमा रन आउट गरे ।

विवेक यादव किशोर महतोको बलमा बोल्ड हुँदै गोल्डेन डक आउट हुन पुगेका थिए । पूर्ण रुपमा फिट नभएका विवेक यस प्रतियोगितामा राम्रो खेल्न सकेका छैनन् ।

आदिल आलम ३० बलमा १ चौकासहित ११ क्याच आउट भए । राजेश यादवलाई मौसमले १० रनमा बोल्ड गर्दै ८१–८ को दयनीय अवस्थामा पुगेको थियो ।

एपिएफका कमलसिंह ऐरीले ९ ओभरमा १ मेडनसहित २७ रन खर्चेर ४ विकेट लिए । अमरसिंह राउटेलाले ६ ओभरमा १ मेडनसहित १३ रन खर्चेर २ विकेट लिए । मौसम ढकालले ७ ओभरमा ४० रन खर्चेर २ विकेट लिए ।

किशोर महतोले एक विकेट लिए । दोस्रो सेमिफाइनल खेलमा शुक्रबार नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ । फाइनल शनिबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.