2 years ago
November 10, 2022
एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डले भारतविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । एडिलेड ओभलमा इंग्ल्यान्डका जस बटलरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
इंग्ल्यान्डले आजको खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । चोटका कारण डेविड मलान र तीव्र गतिका बलर मार्क वुड आज टोलीमा छैनन् । फिलिप साल्ट र क्रिस जोर्डनलाई मौका दिएको छ । भारतले भने टोलीमा कुनै परिवर्तन गरेको छैन ।
यस खेलको विजेताले फाइनलमा पाकिस्तानसँग भिड्नेछन् । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
भारत सुपर १२ को समूह बी को विजेता टोली हो । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । सुपर १२ मा चार खेल जित्ने भारत एकमात्र टोली हो । भारतले पाकिस्तानलाई चार विकेट, नेदरल्यान्ड्सलाई ५६ रन, बंगलादेशलाई पाँच रन र जिम्बावेलाई ७१ रनले हराएको थियो । दक्षिण अफ्रिकासँग भने भारत पाँच विकेटले पराजित भएको थियो ।
इंग्ल्यान्डले अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो । अफगानिस्तानसँग बर्षाको कारण अंक बाड्दा आयरल्यान्डसँग पाँच रनले स्तब्ध भएको थियो । इंग्ल्यान्ड र भारत दुबैको टोलीमा विष्फोटक ब्याटरको बाहुल्यता छ । दुबै टोलीको ब्याटिङ प्रमुख हतियार हो ।
भारत २००७ को च्याम्पियन टोली हो । भारत २०१४ को फाइनलमा श्रीलंकासँग ६ विकेटले पराजित हुन पुगेको थियो । भारत ८ वर्षपछि फाइनल खेल्ने सोचमा हुनेछ । १५ वर्षपछि उपाधि जित्ने दाउँमा छ ।
यता इंग्ल्यान्ड २०१० को च्याम्पियन टोली हो । २०१६ को फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो । बेन स्टोक्सलाई अन्तिम ओभरमा लगातार चार छक्का हान्दै कार्लोस ब्रेथवेटले दोस्रो पटक उपाधि जिताएका थिए ।
भारतको प्लेइङ ११ :
लोकेश राहुल, रोहित शर्मा(कप्तान), विराट कोहली, सूर्यकुमार यादव, हार्दिक पान्ड्या, ऋषभ पन्त(विकेटकिपर), अक्षर पटेल, रविचन्द्रन आश्विन, भुवनेश्वर कुमार, मोहम्मद शामी र अर्शदीप सिंह ।
इंग्ल्यान्डको प्लेइङ ११ :
जस बटलर(कप्तान), एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, मोईन अली, साम करन, क्रिस जोर्डन, क्रिस वोक्स र आदिल राशिद ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]