default_image

2 years ago

November 10, 2022

हार्दिकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डलाई प्रतिस्पर्धात्मक लक्ष्य

167 views

0 Bookmark

एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको विष्फोटक ब्याटिङमा भारतले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डलाई १ सय ६९ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनायो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।

चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस वोक्सको दोस्रो ओभरको चौथो बलमा लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए । एक्स्ट्रा बाउन्स बलमा राहुल क्याच हुन पुगेका थिए ।

रोहित शर्मा २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । रोहित क्रिस जोर्डनको बलमा डीपमा साम करनबाट क्याच आउट हुन पुगेका थिए ।

विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा फिलिप साल्टबाट क्याच भए । स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेलेका सूर्य क्याच हुन पुगेका थिए । ऋषभ पन्त ६ रनमा रन आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए
यस खेलको विजेताले आइतबार फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.