3 years ago
November 10, 2022
एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ । इंग्ल्यान्डले उपाधिको लागि आइतबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्ड र पाकिस्तान दुबै दोस्रो पटक उपाधि जित्ने सोचमा हुनेछन् ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।
कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । उनी अन्तिम बलमा हिट विकेटको रुपमा आउट भएका थिए ।

विराट कोहलीले ४० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५० रन बनाए । योसँगै विराट कोहली टि२० आईमा ४ हजार रन पूरा गर्ने विश्वकै पहिलो ब्याटर बनेका छन् । कोहलीपछि भारतीय कप्तान रोहित शर्माले ३ हजार ८ सय ५३ रन बनाएका छन् ।
चौथो विकेटका लागि कोहली र हार्दिकले ४० बलमा ६१ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बलर क्रिस वोक्सको दोस्रो ओभरको चौथो बलमा लोकेश राहुल ५ रनमा विकेटकिपर जस बटलरबाट क्याच आउट भए । एक्स्ट्रा बाउन्स बलमा राहुल क्याच हुन पुगेका थिए ।
रोहित शर्मा २८ बलमा ४ चौकासहित २७ रनमा आउट भए । रोहित क्रिस जोर्डनको बलमा डीपमा साम करनबाट क्याच आउट हुन पुगेका थिए । विष्फोटक ब्याटर सूर्यकुमार यादव १४ रनमा फिलिप साल्टबाट क्याच भए । स्पिनर आदिल राशिदको बलमा ठूलो सट खेलेका सूर्य क्याच हुन पुगेका थिए । ऋषभ पन्त ६ रनमा रन आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ४ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए । आदिल राशिद र क्रिस वोक्सले एक एक विकेट लिए । इंग्ल्यान्डले फाइनलमा पाकिस्तानसँग प्रतिस्धर्पा गर्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
इंग्ल्यान्ड सन् २०१० को टि२० विश्वकप च्याम्पियन टोली हो । पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । इंग्ल्यान्ड सन् २०१६ को विश्वकपको फाइनलमा वेस्टइन्डिजसँग पराजित भएको थियो ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]