default_image

3 years ago

November 10, 2022

भारतले इंग्ल्यान्डसँग हार्नुको प्रमुख पाँच कारण

273 views

0 Bookmark

एजेन्सी – भारत आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल इंग्ल्यान्डसँग १० विकेटले पराजित हुँदै बाहिरियो । उपाधिको प्रमुख दाबेदार भारत यस पटक पनि ट्रफी विना नै घर फर्किनु पर्यो ।

जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो । इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे ।

कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए । विश्वकप इतिहासमा १० विकेटले दुई पटक हार्ने भारत पहिलो टोली हो । गत वर्ष पाकिस्तानसँग पनि भारत १० विकेटले नै पराजित भएको थियो ।

त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए ।

विश्वकपको प्रमुख दाबेदार भारत सेमिफाइनलमा इंग्ल्यान्डसँग लज्जास्पद हार बेहोर्दै बाहिरिनु पर्यो । भारत इंग्ल्यान्डसँग पराजित हुनुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.खेलाडीमाथि विश्वास नराख्नु

भारतले खेलाडीमा विश्वास र धैर्यता देखाउन नसक्नु एक प्रमुख समस्या हो । यस विश्वकपमा युजभेन्द्र चहल र हर्षल पटेल त्यसको शिकार बने । भारतले स्पिनरको रुपमा अक्षर पटेल र रविचन्द्रन आश्विनलाई खेलायो । तर सर्वाधिक सफल आफ्ना लेगस्पिनर युजभेन्द्र चहललाई एक खेल पनि खेलाएन ।

चहलले भारतबाट लगातार क्रिकेट खेल्दै आएका छन् । उनले महत्वपूर्ण विकेटका साथ टिमको जित पक्का गराउँदै आएका छन् । मध्यक्रममा लगातार विकेट निकाल्दै आएका थिए । विश्वकप अघि भारतबाट सर्वाधिक विकेट लिने सूचिमा शीर्षस्थानमा रहेका चहललाई एक खेलमा पनि मौका दिएन ।

चहलले ६९ खेलमा ८५ विकेट लिएका छन् । मोहम्मद शामीलाई भारतले गतवर्ष विश्वकप पछि सिधैं यस विश्वकपमा टोलीमा बोलाएको थियो । त्यो समयमा हर्षल पटेललाई लगातार मौका दिँदै आएको थियो । हर्षलको प्रदर्शन पनि राम्रो थियो । शामीलाई विश्वकप खेलाउनु थियो भने यो एक वर्षमा पर्याप्त खेल खेलाउनु पर्ने थियो ।

आश्विन र चहल दुवै स्पिन अलराउन्डर हुन् । दुबै स्पिनर अलराउन्डर खेलाउनु भन्दा एकलाई राखेर चहललाई खेलाउनु पर्ने थियो । बलरबाट रनको आशा गर्नु हुँदैन । बलरको काम विकेट लिने हो । रन बनाएर जिताउने होईन ।

प्रमुख स्पिनर चहललाई बाहिर राख्नु भारतको एक ठूलो गल्ती थियो । यसै खेलमा इंग्ल्यान्डका आदिल राशिदले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए । विकेट सूर्यकुमार यादव थियो । चहललाई बाहिर राख्नु हारको एक कारण हो ।

४. बलरको खराब प्रदर्शन

यसअघि यस मैदान सफल ठूलो योगफल पूरा १ सय ५८ रन थियो । इंग्ल्यान्डले नै २०११ मा अष्ट्रेलियाविरुद्ध पूरा गरेको थियो । त्यसैले १ सय ६९ रनको लक्ष्य पक्कै कम थिएन ।

पहिलो पावर प्लेमा दुई तीन विकेट लिँदा भारतले खेलमा पकड जमाउन सक्थ्यो । पहिलो ओभरमै भुवनेश्वर कुमारले १३ रन खर्चेपछि भारतले कुनैपनि ओभरमा राम्रो गर्न सकेन ।

जतिसुकै विशाल योगफल बनाएपनि त्यसलाई रोक्न बलरले राम्रो गर्नु पर्छ नै । तर भारतीय सबै बलरको प्रदर्शन खराब रह्यो । अझ इंग्ल्यान्डको ब्याटिङमा गहिराई थियो । इंग्ल्यान्ड जति सुकै खराब अवस्थामा पनि आफ्नो शैलीको आक्रामक खेल खेल्न छाड्दैन । यस लक्ष्यमा बलरको उत्कृष्ट प्रदर्शन विना जित सम्भव थिएन । तर बलरको प्रदर्शन सम्झन लायक रहेन । जुन हारको कारण हो ।

प्रमुख बलर अर्शदीप सिंह र भुवनेश्वर कुमारले समान दुई ओभरमा क्रमश : १५ र २५ रन खर्चेका थिए । मोहम्मद शामीले ३ ओभरमा ३९ रन खर्चिएका थिए । हार्दिक पान्ड्याले ३ ओभरमा ३४ र रविचन्द्रन आश्विनले २ ओभरमा २७ रन खर्चेका थिए ।

३. कुशल समयमा सूर्यको विकेट गुम्नु

भारतको सुरुवात सोच विपरित थियो । सूर्यकुमार यादवले यस विश्वकपमा सानदार प्रदर्शन गरेका थिए । सूर्य अन्तिम सम्म टिक्दा भारतले बलियो योगफल बनाउन सक्थ्यो । अथवा सूर्यले खेललाई अन्तिम समय सम्म लगेर जानुपर्ने थियो । सूर्य भारतका त्यस्ता विष्फोटक ब्याटर हुन् जसले एकै ओभरमा खेललाई मोड्न सक्छन् ।

स्पिनर आदिल राशिदको १२ औं ओभरको दोस्रो बलमा ठूलो सट खेलेका सूर्य फिलिप साल्टबाट १४ रनमा क्याच आउट हुन पुगे । भारतको एउटा विकेट मात्रै गुमेको थिएन । हारको टर्निङ प्वाइन्ट थियो ।

भारतको हारको अर्को मुख्य कारण शीर्ष तीन ब्याटरले राम्रो खेल्न नसक्नु पनि हो । शीर्ष तीन ब्याटर राहुल ५ बलमा ५, रोहित २८ बला २७ र विराट कोहली ४० बलमा ५० रनमा आउट भए । कोहलीले अर्धशतक हानेपनि उनको स्ट्राइकरेट १२५ को थियो । शीर्ष तीनका ब्याटरले राम्रो खेल्न नसक्नु हारको अर्को कारण हो ।

२. पावर प्लेमा कमजोर ब्याटिङ

इंग्ल्यान्ड विश्वको त्यस्तो टोली हो जससँग एकदेखि ११ नम्बरसम्म भएका सबै खेलाडी ब्याटिङको क्षमता राख्छन् । सबै बलर अलराउन्डरको रुपमा खेल्दै आएका छन् । मध्यम योगफलमा इंग्ल्यान्डलाई रोक्न कठिन पर्छ ।

इंग्ल्यान्डको टोलीमा विष्फोटक ब्याटरको भरिभराउ थियो । यी दुई ओपनरलाई छाड्दा बेन स्टोक्स, लियाम लिभिङस्टोन, साम करन, मोईन अली, फिलिप साल्ट र ह्यारी ब्रुक जस्ता ब्याटर आउन बाँकी थियो । विशाल योगफल पनि इंग्ल्यान्डले पूरा गर्न सक्छ । २०१६ को विश्वकपमा दक्षिण अफ्रिकाले दिएको २ सय ३० रनको लक्ष्य पूरा गर्दै फाइनल खेलेको थियो ।

विशाल योगफल बनाउन सुरुवात विष्फोटक हुनुपर्छ । तर भारतले सुरुवाती ३६ बलमा एक विकेट गुमाउँदै ३८ रन जोडेर सुस्त गर्यो । पावर प्लेमा ४० को आसपासमा रन बन्छ भने त्यो टोलीको योगफल १ सय ७० को आसभन्दा माथि जान कठिन पर्छ । मजबुत ब्याटिङ लाइनअप भएको इंग्ल्यान्डलाई रोक्न त्यो योगफल पर्याप्त थिएन ।

इंग्ल्यान्डले पावर प्लेमा कुनै विकेट नगुमाई ६३ रन जोडेको थियो । पावर प्लेमा कमजोर प्रदर्शन गर्नुको भारतको हारको प्रमुख कारण हो ।

१. बटलर र हेल्सको सानदार ब्याटिङ

यस जितको पुरै श्रेय जस बटलर र एलेक्स हेल्सलाई जान्छ । यसअघि प्रतियोगितामा राम्रो मानिएको भारतीय बलिङ आक्रामण हेल्स र बटलर सामू निरिह बन्यो । पहिलो पावर प्लेमा ६३ रन जोड्दै इंग्ल्यान्डले जितको आधार तय गरेका थिए ।

पहिलो पावर प्लेमा विष्फोटक ब्याटिङ गर्दै जित दिलाए । पावर प्लेपछि भारत खेलमा फर्किन एक बलर हिरो बन्नु पर्ने थियो । तर बटलर र हेल्सले कुनै गल्ती नगरि खेल सकाएर फाइनलमा स्थान पक्का गराए ।

ओपनरले राम्रो गरेपछि अन्य ब्याटरलाई पनि खेल्नुपर्छ । इंग्ल्यान्डका ब्याटरले कुनैपनि ओभरमा भारतीय बलरलाई हाबी बन्न दिएनन् । लगातार सानदार ब्याटिङका साथ जितको आधार तय गरे । बटलर र हेल्स सस्तैमा आउट भएको भए अन्य ब्याटरलाई दबाब बढ्न सक्थ्यो । तर बटलर र हेल्सले उत्कृष्ट ब्याटिङका साथ जित पक्का गराए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.