2 years ago
November 11, 2022
एजेन्सी – भारतले आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल इंग्ल्यान्डसँग १० विकेटको लज्जास्पद हार बेहोर्दा तीन विश्व कीर्तिमान बनेका छन् । जितको लागि १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १६ ओभरमा कुनै विकेट नगुमाइ पूरा गर्यो ।
इंग्ल्यान्डको जितमा ओपनर एलेक्स हेल्स ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनमा अविजित रहे । कप्तान जस बटलर ४९ बलमा ९ चौका र ३ छक्कासहित ८० रनमा अविजित रहे । जस बटलरले विजयी छक्का हान्दै फाइनलमा स्थान पक्का गराए ।
त्यसअघि एडिलेड ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । भारतका हार्दिक पान्ड्याले ३३ बलमा ४ चौका र ५ छक्कासहित सर्वाधिक ६३ रन बनाए । इंग्ल्यान्डका क्रिस जोर्डनले तीन विकेट लिए ।
उपाधिको लागि पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । पाकिस्तानले पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराएको थियो । फाइनल आइतबार मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । भारतको लज्जास्पद हारमा बनेका तीन विश्व कीर्तिमान यस प्रकार छन् ।
३. कुनै विकेट नगुमाई पूरा भएको ठूलो योगफल
विश्वकप इतिहासमा यो कुनै विकेट नगुमाई पूरा भएको सर्वाधिक ठूलो योगफल हो । यसअघि गतवर्ष विश्वकपमा पाकिस्तानले भारतविरुद्ध १ सय ५२ रनको लक्ष्य कुनै विकेट नगुमाई पूरा गरेको थियो । त्यो नै विकेट नगुमाई पूरा गरेको सर्वाधिक ठूलो योगफल थियो ।
२. विश्वकपमा सर्वाधिक ठूलो साझेदारी
भारतलाई १० विकेटले हराउन ओपनर जस बटलर र एलेक्स हेल्सले १ सय ७० रनको अविजित साझेदारी गरे । टि२० विश्वकप इतिहासा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।
यसअघि यसै विश्वकपको सुपर १२ को समूह बी मा दक्षिण अफ्रिकाका क्विन्टन डि कक र राइली रोसोले बंगलादेशविरुद्ध दोस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरेका थिए ।
त्यो नै सबैभन्दा ठूलो साझेदारी थियो । त्यसपघि श्रीलंकाका कुमार संगाकारा र महेला जयवर्धनेले २०१० मा दोस्रो विकेटका लागि वेस्टइन्डिजविरुद्ध १ सय ६६ रनको साझेदारी गरेका थिए ।
१. विश्वकपमा १० विकेटले दुई पटक हार्ने पहिलो टोली
भारत टि२० विश्वकपमा १० विकेटले दुई पटक पराजित हुने पहिलो टोली बन्न पुगेको छ । भारत गतवर्ष विश्वकपमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
१ सय ५२ रनको विजयी लक्ष्य पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गरेको थियो । उक्त खेलमा बाबर आजम ६८ र मोहम्मद रिजवान ७९ रनमा अविजित थिए ।
विश्वकप इतिहासमा यो मात्रै पाँचौं पटक १० विकेटको हार हो । सबै भन्दा पहिला २००७ को विश्वकपमा अष्ट्रेलियाले २००७ को विश्वकपमा १०२ रनको लक्ष्य १०.२ ओभरमा पूरा गर्दै श्रीलंकालाई १० विकेटले हराएको थियो ।
दक्षिण अफ्रिकाले २०१२ को विश्वकपमा जिम्बावेले दिएको ९४ रनको लक्ष्य १२.४ ओभरमा पूरा गरेको थियो । गतवर्ष विश्वकपमा ओमानले पपुवा न्युगिनीलाई १० विकेटले हराएको थियो । उक्त खेलमा ओमानले १ सय ३० रनको लक्ष्य १३.४ ओभरमा पूरा गरेको थियो ।
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]
January 13, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]