3 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी स्टार अलराउन्डर सीता रानामगरले दोस्रो संस्करणको फेयर ब्रेक इन्भिटेसनल टि२० क्रिकेट प्रतियोगिता खेल्ने भएकी छिन् ।

हङकङमा २०२३ अप्रिलमा आयोजना हुने दोस्रो संस्करणको फेयर ब्रेकमा रिटेन (अनुबन्ध) गरेको सीताले पक्का गरेकी छिन् । गतवर्ष फेयर ब्रेकमा सीताले टोर्नाडोस वुमेन्सबाट खेल्दै राम्रो प्रदर्शन गरेकी थिइन् ।
सीता सम्मिलित टोर्नाडोसले गत वर्ष दुबईमा भएको फाइनलमा फाल्कोन्स वुमन्सलाई ८ विकेटले हराउँदै टोर्नाडोस च्याम्पियन बनेको हो ।
त्यस प्रतियोगितामा सीताले ७ खेलमा ४ विकेट लिँदा २२ रन बनाएकी थिइन् । त्यस समय सीताले गरेको ‘पुष्पा’ सेलेब्रेसनले पनि निकै चर्चा पाएको थियो । सीताले आफूलाई रिटेन गरेको पक्का भएको बताइन् ।
टोली त्यहिँ वा फरक त्यो भने पक्का नभएको सीताले जानकारी दिइन् । उक्त प्रतियोगितामा नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले ब्यारी आर्मी वुमेन्सबाट खेलेकी थिइन् ।

प्रतियोगिता आगमी अप्रिल ३ देखि १६ अप्रिल सम्म हुनेछ । सीताले नेपालबाट ३० महिला टि२० आई खेलमा ५ सय ७ रन बनाउनुको साथै ३१ विकेट लिएकी छिन् ।
सीता नेपाली महिला क्रिकेटमा एकै इनिङमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । गत नोभेम्बरमा सीताले कतारविरुद्ध ८२ रनको अविजित इनिङ खेलेकी थिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]