default_image

2 years ago

November 12, 2022

एलेक्स हेल्स : प्रतिबन्धपछि प्रेरणादायी पुनरागमन

142 views

0 Bookmark

अष्ट्रेलियामा जारी आइसिसी टि२० विश्वकप २०२२ को दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउन इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सले सानदार प्रदर्शन गरे । हेल्स र कप्तान जस बटलरले अद्भुत ब्याटिङ गरेपछि इंग्ल्यान्ड उपाधिनजिक पुगेको हो । उपाधिको दाबेदार भारतलाई हराउन एलेक्स हेल्स र बटलरले दमदार प्रदर्शन गरे ।

इंग्ल्यान्डलाई जिताउन हिरो बनेका हेल्सका लागि पछिल्लो चार वर्ष भने सम्झनलायक रहेन । अझ भन्नुपर्दा विश्वकप अघिसम्म उनी इंग्ल्यान्डले हेला गरेका क्रिकेटर थिए । इंग्ल्यान्ड क्रिकेट टोलीको लागि सन् २०१९ को एकदिवसीय विश्वकप च्याम्पियन सबैभन्दा ठूलो उपलब्धी र क्षण हो । त्यो त इंग्ल्यान्ड मात्र होईन विश्व क्रिकेट इतिहासकै उत्कृष्ट क्षण थियो । घरेलु मैदानमा विश्वकप, दमदार प्रदर्शन, न्युजिल्यान्डसँग फाइनल टाई अनि सुपरओभर नै बराबर भएपछि बाउन्ड्री बढी प्रहारको आधारमा इंग्ल्यान्ड च्याम्पियन बनेको थियो ।

यस्तो प्रदर्शन सायद विश्व क्रिकेटमा अब विरलै देखिएला । इंग्ल्यान्डले सबैभन्दा उत्कृष्ट क्षण मनाई रहँदा हेल्स त्यस विपरित पिडामा थिए । विश्वकपको मुखैमा उनी टोलीबाट बाहिर हुनुपर्यो । प्रतिबन्धित औषधि प्रयोग गरेको कारण इंग्ल्यान्डले उनलाई विश्वकप सुरु हुन भन्दा एक महिना अघि टोलीबाट हटाएको थियो । २०१९ अप्रिल २९ एलेक्स हेल्सको लागि कालो दिन थियो ।

इंग्ल्यान्डले विश्वकप उपाधि जित्दै धुमधाम खुशी मनाइरहँदा हेल्स मनभरी पिडाका साथ रमाउनु परेको थियो । एक खेलाडीको लागी यो भन्दा पिडा कमै भेटिएला । त्यसपछि हेल्स घरेलु र फ्रेन्चाइज लिगमा फर्किए । उनी जहाँ गएर खेल्थे त्यहाँ प्रदर्शन दमदार गर्थे ।

बिग ब्यास लिग देखि पाकिस्तान सुपर लिगसम्म उनले लगातार सानदार प्रदर्शन गरे । तर इंग्ल्यान्डले उनलाई मौका दिएन । कतिसम्म भने कोरोनाको समयमा इंग्ल्यान्डले पुरै दोस्रो रोजाईको टोली बनाउदा सम्म उनी टोलीमा परेनन् । बरु नयाँ खेलाडीलाई निरन्तर मौका दियो ।

इंग्ल्यान्डले मौका नदिएपछि धेरैले हेल्स टोलीमा फर्किने आशा मार्न थाले । तर हेल्समा एकदिन टोलीमा फर्किने विश्वास थियो । उनी मात्रै मैदानमा अझ आक्रामक बन्न थाले । इंग्ल्यान्ड क्रिकेट बोर्डको चौतर्फ आलोचना भओरह्यो । तत्किाल कप्तान ओईन मोर्गन हेल्सलाई कुनैपनि खेलमा मौका दिएनन् ।

उनै हेल्स दोस्रो सेमिफाइनल खेलमा इंग्ल्यान्डको हिरो बने । कप्तान जस बटलरसँग १ सय ७० रनको साझेदारी गर्दै हेल्सले इंग्ल्यान्डलाई उपाधिबाट मात्रै एक कदम टाढा गराए । हेल्सले ४७ बलमा ४ चौका र ७ छक्कासहित ८६ रनको अविजित इनिङ खेल्दै प्लेयर अफ द म्याच चुनिए । उनले आफ्नो करिअरको उत्कृष्ट इनिङ मात्रै खेलेनन् भारतको विश्वकप उपाधि सपना अन्त्य पारे । उनी इंग्ल्यान्डको टोलीमा फर्किन साढे तीन वर्ष लाग्यो । यो यात्रा सहज भने थिएन ।

प्रमुख ओपनर जोनी बेयरस्टो घाइते भएपछि इंग्ल्यान्डले उनलाई मौका दिएको थियो । मोर्गनले सन्न्यास लिएपछि इंग्ल्यान्ड क्रिकेट बोर्डमा नयाँ निर्देशकको रुपमा पूर्व खेलाडी रब कि आए । उनी आउने वितिक्कै हेल्सले मौका पाउन सक्ने संकेत लिएका थिए । जेसन रोय लगातार फ्लप हुँदा हेल्समाथि आशा थियो ।

इंग्ल्यान्डको विश्वकप टोलीमा हेल्स नपरेपछि उनले निर्देशकलाई फोन गरेका थिए । ‘टोलीमा आफ्नो विचार गर्न सल्लाह दिएका थिए । हेल्सले मलाई फोन गरेका थिए । उनले म किन परेन भनेर प्रश्न गरेका थिए । उनको कुरा पनि सहि थियो’, रब कि ले त्यस समय भनेका थिए ।

हेल्सलाई पछि चोटले नै इंग्ल्यान्डको टोलीमा फर्कायो । तर चोट आफ्नो होईन अरुको । जोनी बेयरस्टो गल्फ खेल्ने क्रममा खुट्टामा घाइते पाएपछि हेल्सले टोलीमा फर्किने अवसर पाएका थिए । २०१९ मार्चमा वेस्टइन्डिजविरुद्ध खेलेका हेल्सले गत सेप्टेम्बर २० मा पाकिस्तानसँग पहिलो खेल खेलेका थिए । हेल्सले पूनरागमनको पहिलो खेलमै ५३ रन जोड्दै पूनरागमन गरेका थिए । तर पाकिस्तानसँगको सात टि२० आई खेलको सिरिजमा उनको प्रदर्शन अपेक्षा अनुसार रहेन । तर इंग्ल्यान्डले उनलाई निरन्तर साथ दियो ।

अक्टोबर ९ मा अष्ट्रेलियाविरुद्ध ८४ रनको उत्कृष्ट इनिङ खेल्दै बटलरसँग विश्वकपमा ओपनिङ पक्का गराए । हेल्स राम्रो नखेल्दा फिलिप साल्ट उनको विकल्पमा थिए । तर बटलरले आफ्नो उत्कृष्ट जोडी हेल्सलाई नै माने ।

हेल्स पहिलो खेलमा अफगानिस्तानसँग २० बलमा १९ रन बनाउँदै आउट भए । दोस्रो खेलमा उनी आयरल्यान्डसँग ७ रनमा आउट भए । वर्षाले प्रभावित खेलमा इंग्ल्यान्ड आयरल्यान्डसँग पाँच रनले स्तब्ध हुन पुग्यो । आयरल्यान्डको त्यस हारले इंग्ल्यान्डलाई बाँकी सबै खेल जित्नु पर्ने दबाब थियो । प्रमुख टोली अष्ट्रेलिसँग अंक बाँड्यो ।

न्युजिल्यान्डलाई हराउनै पर्ने खेलमा हेल्सले ५२ रन जोड्दै आउट भएका थिए । श्रीलंकाविरुद्ध ३० बलमा ४७ रन बनाउँदै सेमिफाइनलमा स्थान पक्का गराए । खेलपछि हेल्सले पुन विश्वकप खेल्न पाउनेमा आशा नगरेको बताए ।

‘मैले सोचेको थिइनँ फेरी विश्वकप खेल्न पाउँछु भनेर । फेरी यो अवसर पाएकोमा खुसी थिएँ । अष्ट्रेलियामा आएर उपलब्धि हासिल गरेका छौं । आज जसले (बटलर) ले पनि उत्कृष्ट खेले’, हेल्सले भने ।

कप्तान जस बटलरले खेलपछि हेल्सले आफ्नो लयलाई कायम राख्दै पिचको मज्जाले फाइदा उठाएको बताए । ‘हेल्सले पिचको राम्रो फाइदा उठाउँदै आफ्नो लयलाई देखाए । उनको आज उत्कृष्ट रह्यो । यो मज्जा लिुन महत्वपूर्ण छ । हाम्रो तर्फबाट उत्कृष्ट प्रदर्शन थियो’, बटलरले भने ।

हेल्स इंग्ल्यान्डबाट टि२० आईमा शतक हान्ने पहिलो खेलाडी हुन् । २०१४ को टि२० विश्वकपमा हेल्सले श्रीलंकाविरुद्ध ६४ बलमा १ सय १६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । यो एकै इनिङमा सर्वाधिक रनको उपलब्धि समेत हो । हेल्सपछि जस बटलर, डेविड मलान र लियाम लिभिङस्टोनले शतक हानेका छन् ।

२०१९ को समयमा हेल्स टि२० का सर्वाधिक सफल ब्याटर मध्यका एक थिए । अग्ला कदका हेल्समाथि प्रतिबन्धित औषधि प्रयोगको विषयमा इंग्ल्यान्डले ठूलो एक्सन लियो । तर हेल्सले आफ्नो खेल्ने शैलीलाई भने फेरेनन् । उनको प्रदर्शनबाट सबै प्रभावित थिए । तर मोर्गन भने उनलाई टोलीमा राख्न चाहेनन् ।

साढे तीन वर्षपछि उनले इंग्ल्याल्डको टोलीमा मौका पाए । घरेलु होस् वा अन्तर्राष्ट्रिय हेल्सको खेल्ने शैली उस्तै छ । त्यसैपनि इंग्ल्यान्ड विष्फोटक ब्याटिङका लागि चिनिन्छ । आइतबार इंग्ल्यान्डले फाइनलमा पाकिस्तानसँग खेल्नेछ । उक्त खेलमा इंग्ल्यान्ड हेल्सबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । हेल्सलाई आफ्नो उत्कृष्ट प्रदर्शनमा च्याम्पियन बनाउने राम्रो अवसर छ । हेल्स आफै पनि २०१९ को पिडा पूर्ण रुपमा भुल्न विश्वकप जित्न चाहन्छन् ।

एजेन्सीको सहयोगमा भूपेन्द्र जिसी

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.