default_image

2 years ago

November 11, 2022

पुलिसमाथि ऐतिहासिक जित निकाल्दै आर्मी पाँचौं पटक फाइनलमा

95 views

0 Bookmark

काठाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मीले क्लबले प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबमाथि दुइ विकेटको ऐतिहासिक जित निकाल्दै फाइनलमा पुगेको छ । आर्मीले पुलिसमाथि कीर्तिमानी योगफल पूरा गर्दै लगातार पाँचौं पटक फाइनलमा स्थान बनाएको हो ।

अन्तिम ६ बलमा आमीलाई जितको लागि ८ रन चाहिँदा हातमा दुई विकेट थियो । दीपेन्द्रको पहिलो बलमा राजेश पुलामीले रन लिएनन् । दोस्रो बलमा एज लागेर चौका हुन पुग्यो । तेस्रो बलमा एक रन बटुले । चौथो बलमा दुई रनको अवसर भएपनि राजेशले दोस्रो रन लिन मानेन ।

दुई बलमा दुई चाहिँ राजेशले पाँचौं बलमा छक्का हान्दै फाइनल पक्का गराए । जितको लागि ३ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएका आर्मीले ४९.५ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो । यो प्रधानमन्त्री कप इतिहासकै सर्वाधिक ठूलो योगफल पूरा भएको हो । यसअघि २०१८ मा एपिएफले २ सय ४० रनको लक्ष्य तत्कालिन प्रदेश ४ (गण्डकीविरुद्ध ) पूरा गरेको थियो ।

आर्मीका युवा ब्याटर रोहित पौडेलले ८७ बलमा ९ चौकासहित सर्वाधिक ८९ रनमा आउट भए । रोहित तीव्र गतिका बलर राशिद खानको बलमा मिड विकेटमा करण केसीबाट सहज क्याच आउट हुन पुगेपछि घरेलु क्रिकेटमा पहिलो शतक हान्न ११ रनले चुकेका थिए ।

ओपनर हरि चौहान ९२ बलमा ८ चौका र १ छक्कासहित ७५ रनमा आउट भए । तेस्रो विकेटका लागि हरि चौहान र रोहित पौडेलले १ सय ३५ रनको शतकीय साझेदारी गर्दै जितको आधार बलियो बनाएका थिए । हरि स्पिनर ललित नारायण राजवंशीको ३३ औं ओभरको दोस्रो बलमा बोल्ड हुन पुगेका थिए ।

ओपनर अर्जुन साउद तीव्र गतिका बलर करण केसीको सातौं ओभरको दोस्रो बलमा ११ रनमा कट एण्ड बोल्ड आउट भएका थिए । अर्जुनले २० बलमा २ चौका प्रहार गरे । करणको बलमा फाइन लेगमा सट खेलेका भीम सार्कीको क्याच राशिद खानले लिएका थिए । राशिद खानले उत्कृष्ट क्याच लिएपछि भीम १० रनमा पेभेलिएन फर्के ।

कप्तान विनोद भण्डारी करण केसीको ४३ औं ओभरको चौथो बलमा ३२ रनमा एलबीडब्लू आउट भए । विनोदले ३० बलमा ३ चौका र २ छक्का हाने । त्यसअघिको बलमा विनोदले छक्का हानेका थिए । यसै ओभरको अन्तिम बलमा कुशल मल्ल एज लागेर दीलिप नाथबाट क्याच आउट भए ।

राजेश पुलामी मगरले ब्यक्तिगत १६ रनमा जीवनदान पाए । तीव्र गतिका बलर गुलशन झा ४४ औं ओभरको चौथो बलमा दीलिप नाथले राजेश पुलामीको क्याच छाड्न पुगेका थिए ।

तल्लोक्रमका विक्रम सोबले १८ बलमा ३ चौका र २ छक्कासहित ३० रन बनाए । राजेश पुलामी मगर ३७ बलमा ३ चौका र २ छक्कासहित ४३ रनमा अविजित रहे ।

पुलिसका तीव्र गतिका बलर करण केसीले १० ओभरमा ५२ रन खर्चेर ६ विकेट लिए । राशिद खान र ललितले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ४ रन बनाएको थियो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित सर्वाधिक १ सय ४० रनको इनिङ खेले । दीपेन्द्रको यो राष्ट्रिय प्रतियोगितामा हालसम्मकै उत्कृष्ट प्रदर्शन हो ।

यसअघि गतवर्ष काठमाडौं मेयर्स कपमा दीपेन्द्रले एपिएफविरुद्ध १ सय ४० रनको इनिङ खेलेका थिए । काठमाडौं मयर्स कप भने राष्ट्रिय प्रतियोगिता थियो । त्यस्तै प्रधानमन्त्री कपमा यो दोस्रो ठूलो इनिङ हो । यसअघि एपिएफका प्रदीप ऐरीले २०१८ मा मधेश प्रदेश ९तत्कालिन प्रदेश २० विरुद्ध १ सय ५८ रन बनाएका थिए ।

दीपेन्द्र प्रधानमन्त्री कपमा एकै प्रतियोगितामा दुई शतक हान्ने पहिलो खेलाडी हुन् । दीपेन्द्रले ४३ औं ओभरको अन्तिम बलमा हरि चौहानलाई काउकर्नरमा चौका हान्दै १ सय ७ बलमा शतक पूरा गरेका थिए । दीपेन्द्रले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध ८२ बलमा ११ चौका र ४ छक्कासहित १ सय ८ रनको शतकीय इनिङ खेलेका थिए ।

यसअघि प्रधानमन्त्री कप एकदिवसीय प्रतियोगिता चार संस्करण सकिँदा कुनैपनि खेलाडीले एकै प्रतियोगितामा दुई शतक प्रहार गरेका थिएनन् । चौथो विकेटका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले २ सय ४ रनको दोहोरो शतकीय साझेदारी गरे । प्रधानमन्त्री कपमा यो दोस्रो पटक दोहोरो शतकीय साझेदारी हो ।

यसअघि प्रदीप ऐरी र सुवास खकुरेलले दोस्रो विकेटका लागि २०१८ मा मधेशविरुद्ध २ सय ३१ रनको शतकीय साझेदारी गरेका थिए । आरिफ शेख १ सय ९ बलमा ८ चौका र २ छक्कासहित ९१ रनमा अविजित रहे । ओपनर कुशल भुर्तेल ३२ बलमा ५ चौका र १ छक्कासहित ३१, सुनिल धमला १३ र अमित श्रेष्ठ १० रनमा आउट भए ।

आर्मीका विक्रम सोब १० ओभरमा ६६ रन खर्चेर ३ विकेट लिए । सुशन भारीले एक विकेट लिए । फाइनल खेल शनिबार हुनेछ । पहिलो खेलमा नेपाल एपिएफ क्लबले मधेश प्रदेशलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

यसअघि फाइनल पुग्ने र विजेता टोलीहरु

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा उपाधि बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

चौथो संस्करणको फाइनलमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि प्रधानमन्त्री कप एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.