2 years ago
November 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बायाँ हाते युवा ब्याटर हरिशंकर शाहलाई पहिलो पटक समेट्दै नेपालले युएईसँग हुने तीन ओडिआई खेलको सिरिजको लागि टोली घोषणा गरेको छ ।
सोमबार देखि घरेलु मैदानमा हुने तीन ओडिआई खेलको सिरिजको लागि नेपालले १६ सदस्य टोली घोषणा गरेको छ । घोषणा टोलीमा कुशल भुर्तेल, स्पिनर ललितनारायण राजवंशी, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल र अर्जुन साउदले पूनरागमन गरेका छन् ।
मधेश प्रदेशका ओपनर हरि शंकर ओपनरसँगै स्पिन बलिङ गर्ने गर्दछन् । हरिशंकर सिनियर टोलीको बन्द प्रशिक्षणमा परेपनि अन्तिम टोलीमा पर्न सकेका थिएनन् । यस पटकको प्रधानमन्त्री कपमा ५ खेलमा १ सय २० रन बनाउनुको साथै ४ विकेट लिएका थिए ।
युवा ब्याटर देव खनाललाई भने नेपालले टोली बाहिर राखेको छ । त्यस्तै बसिर अहमद पनि टोलीमा छैनन् । नेपालले पहिलो खेल कार्तिक २८ (नोभेम्बर १४) मा पहिलो खेल खेल्नेछ । नेपालले दोस्रो खेल कार्तिक ३० (नोभेम्बर १६) मा खेल्नेछ । तेस्रो खेल मंसिर २ (नोभेम्बर १८) मा खेल्नेछ । सबै खेल टियु मैदानमा बिहान ९ बजे सुरु हुनेछन् ।
नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नामिबिया भ्रमण अघि युएईसँग सिरिज खेल्न लागेको हो । नेपालले डिसेम्बरमा नामिबिया भ्रमण गर्नेछ । नेपाल, नामिबिया र स्कटल्यान्डबीच सिरिज हुनेछ । जुन सिरिज डिसेम्बर २ देखि सुरु हुनेछ ।
नेपाल हाल विश्वकप लिग–२ मा ८ मा जित र ११ मा हार सहित १७ अंकका साथ छैटौं स्थानमा छ । नेपालले अव विश्वकप लिग–२ मा १६ खेल खेल्न बाँकी छ । जसमा ८ घरेलु मैदान टियु र ८ विदेशी भूमिमा छन् । विदेशी भूमिमा नामिबिया र पपुवा न्युगिनी हुनेछ । नेपाल शीर्ष तीनमा परे सोझैं एकदिवसीय विश्वकप छनोट खेल्न पाउनेछ । अन्यथा क्वालिफायर खेल्नुपर्ने हुन्छ ।
नेपाली क्रिकेट टोली :
रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।
January 13, 2025
एजेन्सी – पाकिस्तान र संयुक्त अरब इमिरेट्स (युएई) मा अर्को महिना हुने च्याम्पियन्स ट्रफीका लागि अफगानिस्तान क्रिकेट टोलीको घोषणा भएको छ । अफगानिस्तान क्रिकेट बोर्ड (एसिबी) ले आइतवार हशमतुल्लाह साहिदीको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको छ । एकदिवसीय टोलीमा ओपनर इब्राहिम जादरानले पुनरागमन गरेका छन् । अफगानिस्तानको च्याम्पियन्स ट्रफीमा अफगानिस्तान पहिलो पटक सहभागी हुँदैछ […]
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]