3 years ago
November 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबविरुद्ध खराब सुरुवात गरेको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले २४ ओभरमा ५ विकेट गुमाउँदै ८७ रन बनाएको छ ।

आर्मीका युवा ब्याटर रोहित पौडेलले ३० रनमा क्रिजमा छन् । राजेश पुलामी मगर ९ रनमा अविजित छन् । आर्मीले आजको खेलमा ओपनर अर्जुन साउद र सोमपाल कामीले गरेका थिए । सोमपाल कामी तीव्र गतिका बलर किशोर महतोको दोस्रो ओभरको पाँचौं बलमा कभरमा सुमित महर्जनबाट डग आउट भए ।
अमरसिंह राउटेलाको बलमा अर्जुन साउद कमलसिंह ऐरीबाट १३ रनमा आउट भए । अर्जुनले ३३ बल खेलेपनि बाउन्ड्री प्रहार गरे । हरि चौहान २५ बलमा १ चौका र १ छक्कासहित १५ रनमा रन आउट भए । लोकेश बमले हारेको थ्रो लागेपछि पेभेलिएन फर्केका थिए ।

स्पिनर मौसम ढकालको बलमा भीम सार्की ६ रनमा आउट भए । ढकालकै बलमा कप्तान विनोद भण्डारी ११ रनमा क्याच आउट भए । त्यो समय आर्मी ६९–५ को अवस्थामा पुगेको थियो ।
एपिएफका किशोर महतोले ४ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । अमरसिंह राउटेला र मौसम ढकालले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]