default_image

2 years ago

November 12, 2022

एपिएफलाई उपाधि जित्न आर्मीको मध्यम लक्ष्य

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा नेपाल एपिएफ क्लबलाई १ सय ८० रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । खेल ४०–४० ओभरको हुनेछ । आर्मीका युवा ब्याटर रोहित पौडेलले ५६ बलमा ३ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

एक समय आर्मी १३२–९ को अवस्थामा पुगेको आर्मीलाई अन्तिम विकेटका लागि सुशन भारी र जितेन्द्र मुखियाले ४८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एक ओभर अघि अल आउट हुनुअघि सुशन भारी रन आउट भएका थिए ।

भारीले २५ बलमा २ चौकासहित १९ रन बनाए । जितेन्द्र मुखिया २५ बलमा ३ चौकासहित २४ रनमा अविाजित रहे ।
आर्मीले आजको खेलमा ओपनर अर्जुन साउद र सोमपाल कामीले गरेका थिए । सोमपाल कामी तीव्र गतिका बलर किशोर महतोको दोस्रो ओभरको पाँचौं बलमा कभरमा सुमित महर्जनबाट डग आउट भए ।

अमरसिंह राउटेलाको बलमा अर्जुन साउद कमलसिंह ऐरीबाट १३ रनमा आउट भए । अर्जुनले ३३ बल खेलेपनि बाउन्ड्री प्रहार गरे ।

हरि चौहान २५ बलमा १ चौका र १ छक्कासहित १५ रनमा रन आउट भए । लोकेश बमले हारेको थ्रो लागेपछि पेभेलिएन फर्केका थिए ।

स्पिनर मौसम ढकालको बलमा भीम सार्की ६ रनमा आउट भए । ढकालकै बलमा कप्तान विनोद भण्डारी ११ रनमा क्याच आउट भए । त्यो समय आर्मी ६९–५ को अवस्थामा पुगेको थियो ।

कुशल मल्ल १४ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । राजेश पुलामी मगर ३१ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

एपिएफका स्पिनर मौसम ढकालले ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेलाले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । किशोर महताले ७ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.