default_image

1 year ago

November 12, 2022

आर्मीलाई हराउँदै एपिएफलाई प्रधानमन्त्री कपको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ । एपिएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो । दोस्रो संस्करणको फाइनलमा आर्मीलाई नै ७ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले १० लाख र उपविजेता आर्मीले […]

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ ।

एपिएफले सन् २०१८ पछि पहिलो पटक प्रधानमन्त्री कपको उपाधि जितेको थियो । दोस्रो संस्करणको फाइनलमा आर्मीलाई नै ७ विकेटले हराउँदै जितेको थियो । विजेता एपिएफले १० लाख र उपविजेता आर्मीले पाँच लाख पाउनेछ ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा भुवन कार्कीले ८८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए । शरद भेषावकर १९ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए ।

अन्तिम समय भने अधेरोको कारण ब्याटरलाई खेल्न गाह्रो भएको थियो । तर अम्पायरले खेल सकाउने निर्णय लिए । शरद भेषावकरले विजयी रन बटुल्दै खेल सकाए ।

सुमित महर्जन ४५ बलमा ५ चौकासहित ३४ रनमा आउट भए । पाँचौं विकेटका लागि भुवन कार्की र सुमित महर्जनले ७५ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

सुमित स्पिनर सुशन भारीको बलमा एलबीडब्लू आउट भए । तीव्र गतिका बलर सोमपाल कामीले आसिफ शेखलाई १४ रनमा बोल्ड गरे । जितेन्द्र मुखियाको बलमा प्रदीप ऐरी थर्डम्यानमा सोमपाल कामीबाट २० रनमा आउट भए । प्रदीपले २८ बलमा ४ चौका प्रहार गरे ।

मुखियाको बलमा मिडअफमा लोकेश बम ८ रनमा रोहित कुमार पौडेलबाट क्याच आउट भए । सन्दीप जोरा १७ रनमा आउट भए । आर्मीका जितेन्द्र मुखियाले दुई, सोमपाल कामी, विक्रम सोब र सुशन भारीले एक एक विकेट लिए र

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । आर्मीका युवा ब्याटर रोहित पौडेलले ५६ बलमा ३ चौकासहित सर्वाधिक ४९ रन बनाए ।

एक समय आर्मी १३२–९ को अवस्थामा पुगेको आर्मीलाई अन्तिम विकेटका लागि सुशन भारी र जितेन्द्र मुखियाले ४७ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । एक ओभर अघि अल आउट हुनुअघि सुशन भारी रन आउट भएका थिए ।

भारीले २५ बलमा २ चौकासहित १९ रन बनाए । जितेन्द्र मुखिया २५ बलमा ३ चौकासहित २४ रनमा अविाजित रहे । आर्मीले आजको खेलमा ओपनर अर्जुन साउद र सोमपाल कामीले गरेका थिए । सोमपाल कामी तीव्र गतिका बलर किशोर महतोको दोस्रो ओभरको पाँचौं बलमा कभरमा सुमित महर्जनबाट डग आउट भए ।

अमरसिंह राउटेलाको बलमा अर्जुन साउद कमलसिंह ऐरीबाट १३ रनमा आउट भए । अर्जुनले ३३ बल खेलेपनि बाउन्ड्री प्रहार गरे । हरि चौहान २५ बलमा १ चौका र १ छक्कासहित १५ रनमा रन आउट भए । लोकेश बमले हारेको थ्रो लागेपछि पेभेलिएन फर्केका थिए । स्पिनर मौसम ढकालको बलमा भीम सार्की ६ रनमा आउट भए । ढकालकै बलमा कप्तान विनोद भण्डारी ११ रनमा क्याच आउट भए । त्यो समय आर्मी ६९–५ को अवस्थामा पुगेको थियो ।

कुशल मल्ल १४ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । राजेश पुलामी मगर ३१ बलमा १ चौकासहित १८ रनमा आउट भए । एपिएफका स्पिनर मौसम ढकालले ८ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए । अमरसिंह राउटेलाले ८ ओभरमा ४० रन खर्चेर ३ विकेट लिए । किशोर महताले ७ ओभरमा २८ रन खर्चेर २ विकेट लिए ।

यसअघि फाइनल पुग्ने र विजेता टोलीहरु

पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा उपाधि बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै च्याम्पियन बनेको थियो ।

चौथो संस्करणको फाइनलमा आर्मीले एपिएफलाई ३३ रनले हराउँदै उपाधि जितेको थियो । गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि प्रधानमन्त्री कप एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो ।

April 20, 2024

दिल्लीमाथि हैदरावादको सानदार जित

एजेन्सी – विष्फोटक ब्याटिङ प्रदर्शन सहित सनराईजर्स हैदरावादले इंडियन प्रिमियर लिग (आइपिएल) मा शनिबार दिल्ली क्यापिटल्स माथि फराकिलो जित दर्ता गरेको छ । हैदरावादले दिल्लीमाथि उसैको मैदानमा ६७ रनको सानदार जित निकालेको हो। टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले उत्कृष्ट ब्याटिङ सहित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६६ रनको विशाल योगफल खडा […]

April 20, 2024

नेपाललाई हराउँदै हङकङ इमर्जिङ एसिया कपमा छनोट

मस्कट (हाम्रो खेलकुद) – हङकङ ओमनमा जारी एसीसी प्रिमियर कपमा तेस्रो स्थान हासिल गर्दै इमर्जिङ टिम्स एसिया कपमा छनोट भएको छ । तेस्रो स्थानको लागि शनिबार भएको खेलमा नेपाल माथि ४ विकेटको जित निकाल्दै इमर्जीङ टिम्स एसिया कपमा छनोट भएको हो । नेपालले दिएको १ सय ४० रनको लक्ष्य पछ्याएको हङकङले लक्ष्य १९.३ ओभरमा ६ […]

April 20, 2024

दीपेन्द्रको ब्याटिङमा नेपालको प्रतिस्पर्धात्मक योगफल

मस्कट (हाम्रो खेलकुद) – एसिसि प्रिमियर कप अन्तर्गत हङकङ विरुद्ध तेस्रो स्थानको खेलमा नेपालले प्रतिस्पर्धात्मक योगफल खडा गरेको छ । पछिल्लो खेलमा खराब ब्याटिङ प्रदर्शन गरेको नेपालले आज निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनाएको हो ।  टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २९ बलमा ४ चौका र ३ […]

Success

Thank you for your time.