default_image

2 years ago

November 12, 2022

दीपेन्द्र सर्वोत्कृष्ट खेलाडी, करण उत्कृष्ट बलर

154 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । पुलिसलाई सेमिफाइनल सम्म पुर्याउन सानदार प्रदर्शन गरेका दीपेन्द्र प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी र ब्याटर चुनिएका हुन् ।

दीपेन्द्रले प्रतियोगिताभर ५ खेलमा दुई शतक, एक अर्धशतकसहित ३ सय ५६ रन बनाए । दीपेन्द्रले पहिलो खेलमा बागमती प्रदेशविरुद्ध १ सय ८ रनको शतकीय इनिङ खेल्नुको साथै तीन विकेट लिएका थिए ।

प्रदेश १ विरुद्ध १४ रन बनाउँदा दुई विकेट लिएका थिए । लुम्बिनी प्रदेशविरुद्ध ४३ रन बनाउनुको साथै चार विकेट लिएका थिए ।

मधेश प्रदेशविरुद्ध ५१ रनमा आउट भएका थिए । दीपेन्द्रले सेमिफाइनल खेलमा आर्मीविरुद्ध १ सय २५ बलमा ११ चौका र ५ छक्कासहित १ सय ४० रनको शतकीय इनिङ खेले ।

दीपेन्द्रले सर्वोत्कृष्ट खेलाडी वापत ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट ब्याटर वापत २० हजार प्राप्त गर्नेछन् । पुलिसकै करण केसी प्रतियोगिता उत्कृष्ट बलर चुनिए । करणले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

करणले ५ खेलमा ३४ ओभर बलिङ गर्दै १ सय २२ रन खर्चेर १३ विकेट लिए । करणले सेमिफाइनल खेलमा ६ विकेटले लिएका थिए । मधेशसँग तीन, लुम्बिनी र बागमतीविरुद्ध दुई दुई विकेट लिए ।


त्यस्तै प्रतियोगिता उदीयमान बलर एपिएफका मौसम ढकाल चुनिए । एपिएफलाई च्याम्पियन बनाउन मौसमले ६ खेलमा १५ विकेट लिँदै शीर्ष स्थानमा रहे । मौसमले कर्णाली र गण्डकीविरुद्ध चार चार विकेट लिएका थिए । सुदूरपश्चिम र मधेश प्रदेशविरुद्ध दुई दुई विकेट लिए । फाइनलमा आर्मीविरुद्ध तीन विकेट लिएका थिए ।

एपिएफले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको छ । एपिएफले दोस्रो पटक उपाधि जितेको हो । च्याम्पियन एपिएफले १० लाख र उपविजेता आर्मीले पाँच लाख रुपैयाँ प्राप्त गरे । सेमिफाइनलमा पुगेका मधेश र पुलिसले ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

जितको लागि १ सय ८० रनको विजयी लक्ष्य पछ्याएको एपिएफले ३८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा भुवन कार्कीले ८८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५५ रन बनाए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको आर्मी ३९ ओभरमा १ सय ७९ रनमा अल आउट भयो । आर्मीका युवा ब्याटर रोहित पौडेलले ५६ बलमा ३ चौकासहित सर्वाधिक ४९ रन बनाए । कुशल मल्ल १४ बलमा १ चौका र १ छक्कासहित १६ रनमा आउट भए । राजेश पुलामी मगर ३१ बलमा १ चौकासहित १८ रनमा आउट भए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.