default_image

2 years ago

November 13, 2022

टि२० विश्वकप फाइनल : वर्षा भए के हुन्छ ?

173 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १: ४५ मा अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । बाबर आजमको नेतृत्वमा रहेको पाकिस्तान र जस बटलरको नेतृत्वमा भएको इंग्ल्यान्ड दोस्रो पटक टि२० विश्वकप जित्ने सोचमा छन् ।

तर आज फाइनलको समयमा मौसम पूर्वअनुमानको अनुसार मेलबर्नमा शतप्रतिशत वर्षाको सम्भावना छ । यदि खेल वर्षा भएको अवस्थामा नतिजा निकाल्न दुवै टोलीले कम्तिमा १० ओभर खेल्नुपर्छ । आइसिसीको नियम अनुसार नक आउट चरणका खेलमा डकवर्थ लेविस पद्धतिको आधारमा नतिजा निकाल्न दोस्रो ब्याटिङ गर्ने टोलीले कम्तिमा १० ओभरको समीकरण पाउनुपर्छ ।

यदि आज फाइनल हुन नसकेको खण्डमा खेल सोमबारलाई स्थगित हुनेछ । आज ओभर घटाएर खेल गराउन हरसम्भव प्रयास हुनेछ । आइतबार न्यूनतम १० ओभर पनि बलिङ गर्न नसके सोमबार खेल सुरुदेखि हुनेछ । तर आइतबार खेल सुरु भएर बीचमा रोकिएमा सोमबार त्यहिँ अवस्थाबाट सुरु हुनेछ । जहाँ खेल रोकिएको थियो त्यहि अवस्थाबाट सोमबार सुरु गर्नुपर्छ ।

आइतबार खेलमा कट अफ टाइम भन्दा ९० मिनेट अतिरिक्त थपिने छ । सोमबार भने चार घण्टा अतिरिक्त समय थपिने छ । यदि खेल टाई हुँदा सुपर ओभर हुनेछ । सुपर ओभर टाइ हुँदा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर हुन नसके दुवै टोलीले उपाधि बाँड्नुपर्ने हुन्छ । सोमबार पनि खेल हुन नसके संयुक्त रुपमा विजेता बन्नुपर्ने हुन्छ ।

इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पुगेको हो । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो ।

अघिल्लो महिनामात्रै पाकिस्तान र इंग्ल्यान्डबीच सर्वाधिक धेरै खेलको टि२० आई सिरिज भएको थियो । पाकिस्तानमा भएको सात टि२० आई खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको थियो ।

पाकिस्तानले सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसअघि पहिलो संस्करण २००७ को पाकिस्तान भारतसँग फाइनलमा पाँच रनले पराजित भएको थियो । पाकिस्तान १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो । यता इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

२०१६ को टि२० विश्वकपमा इंग्ल्यान्ड वेस्टइन्डिजसँग चार विकेटले पराजित भएको थियो । अन्तिम ६ बलमा १९ रन चाहिँदा वेस्टइन्डिजका कार्लोस व्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हान्दै अविश्वसनिय उपाधि जिताएका थिए । फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच ३० वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधि जितेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.