default_image

2 years ago

November 13, 2022

पाकिस्तानले ३० वर्षपछि फाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै

103 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनल खेलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।

इंग्ल्यान्डले सेमिफाइनलमा भारतलाई १० विकेटले तथा पाकिस्तानले न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै फाइनलमा स्थान बनाएका हुन् । इंग्ल्यान्ड र पाकिस्तानबीच फाइनलमा सन् १९९२ को एकदिवसीय विश्वकपपछि पहिलो पटक प्रतिस्पर्धा गर्न लागेका हुन् ।

१९९२ मा पास्कितानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधि जितेको थियो । त्यस पटक विश्वकप जित्दाका लगभग सबै संयोग यस पटक दोहोरिएका छन् । त्यसपछि पाकिस्तानले एकदिवसीय विश्वकपमा फाइनलमा स्थान बनाउन सकेको छैन ।

इंग्ल्यान्डले २०१९ मा न्युजिल्यान्डलाई सुपर ओभर टाइ भएपछि बाउन्ड्री बढी प्रहारको आधारमा उपाधि जितेको थियो ।
पाकिस्तान २००९ को टि२० विश्वकप च्याम्पियन टोली हो । उक्त विश्वकप फाइनलमा श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । २००७ टि२० विश्वकप फाइनलमा पाकिस्तान भारतसँग ५ रनले पराजित भएको थियो ।

इंग्ल्यान्डले सन् २०१० को टि२० विश्वकप फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । इंग्ल्यान्ड २०१६ को टि२० विश्वकप फाइनलमा वेस्टइन्डिजसँग ४ विकेटले पराजित भएको थियो ।

त्यसपछि टि२० विश्वकपमा यी दुई टोली फाइनलमा पुग्न सकेका थिएनन् । त्यस्तै एकदिवसीय विश्वकपमा इंग्ल्यान्ड २०१९ मा फाइनलमा पुगेको थियो । पाकिस्तान १९९३ पछि फाइनलमा पुग्न सकेको छैन ।

यता च्याम्पियन्स ट्रफीमा पाकिस्तानले भारतलाई २०१७ मा १ सय ८० रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । त्यसअघि पाकिस्तान च्याम्पियन्स ट्रफीको फाइनलमा पुग्न सकेको थिएन । त्यसपछि च्याम्पियन्स ट्रफी आयोजना भएको छैन । इंग्ल्यान्ड च्याम्पियन्स ट्रफी २००४ को फाइनलमा वेस्टइन्डिजसँग दुई विकेट र २०१३ मा भारतसँग पाँच रनले पराजित भएको थियो ।

गतवर्ष पहिलो पटक भएको आइसिसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा भएको थियो । आइसिसीले आयोजना गर्ने यी चार प्रतियोगितानै प्रमुख हुन् । त्यसैले इंग्ल्यान्ड र पाकिस्तानबीच आइसिसीको प्रमुख प्रतियोगितामा ३० वर्षपछि फाइनलमा प्रतिस्पर्धा हुन लागेको हो ।

January 13, 2025

नेपाल अभ्यास खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – महिला यु १९ महिला टि ट्वान्टी विश्व कप खेल्ने तयारीमा रहेका दुई टोलीबिको पहिलो अभ्यास खेलमा नेपाल वेस्ट इन्डिजसँग ९ रनले पराजित भएको छ। मलेसिया स्थित कोलेज ट्रएन्कु जाफार मैदानमा सोमवार १ सय १० रनको लक्ष्य पछ्याएको नेपालले १९.१ ओभरमा सबै विकेट गुमाएर १ सय रन मात्र बनाउन सक्यो। सिमाना केसीले […]

January 13, 2025

नेपालले पायो मध्यम लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- महिला यु १९ टि ट्वान्टी विश्व कपका सहभागी टोलीबिचको अभ्यास खेलमा नेपालले वेस्ट इन्डिजबाट जितका लागि १ सय १० रनको लक्ष्य पाएको छ। मलेसियास्थित कोलेज टुएन्कु जाफर मैदानमा टस जितेर ब्याटिङ गरेकाे वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९ रन बनाएको हाे। वेस्ट इन्डिजकी कप्तान समरा रमनाथले सर्वाधिक […]

January 13, 2025

दीपेन्द्र र कुशलले पहिलो खेलमा मौका पाएनन्

काठमाडौं(हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डरद्वय कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय लिग(आईएल) टि ट्वान्टीको पहिलो खेलमा मौका पाएनन् । दुवै टोलीको आइतवार पहिलो खेल थियो । दीपेन्द्र र कुशलले प्लेईङ-११ मा मौका पाएनन् । कुशल आबद्ध डेजर्ट भाईपर्सले अबुधावी नाइट राइडर्सलाई पराजित गरेको थियो । डेजर्टले नाइटराईडर्सलाई ७ विकेटले पराजित गरेको थियो […]

Success

Thank you for your time.