default_image

2 years ago

November 13, 2022

टि२० विश्वकप : सर्वोत्कृष्ट खेलाडीका पाँच दाबेदार

83 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा आज पाकिस्तान र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा मेलबर्न क्रिकेट ग्राउन्डमा सुरुहुनेछ ।

आइसिसीले प्रदान गर्ने विश्वकपको सबैभन्दा ठूलो ब्यक्तिगत अवार्ड प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट खेलाडी) फाइनलपछि सार्वजनिक हुनेछ । फाइनलमा उपाधि जिताउने खेलाडी सधैं पहिलो प्राथामिकतामा हुनेछन् । तर उपाधि जितेको भन्दा बाहिरका खेलाडीले पनि पाउन सक्छन् ।

यस टि२० विश्वकप २०२२ को सर्वोत्कृष्ट खेलाडी बन्नसक्ने पाँच प्रमुख दाबेदार खेलाडी यस प्रकार छन् ।

५. विराट कोहली (भारत)

भारतीय क्रिकेट टोलीका प्रमुख ब्याटर विराट कोहली सर्वोत्कृष्ट खेलाडीका दाबेदार हुन् । भारतलाई सेमिफाइनल सम्म पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

कोहलीले ६ खेलमा ४ मा अर्धशतकसहित २ सय ९६ रन बनाएका छन् । कोहलीले पहिलो खेलमा पाकिस्तानलाई ४ विकेटले हराउन ८२ रनको उत्कृष्ट इनिङ खेलेका थिए । नेदरल्यान्ड्ससँग ६२, दक्षिण अफ्रिकासँग १२, बंगलादेशसँग ६४, जिम्बावेसँग २६ र इंग्ल्यान्डसँग ५० रनमा आउट हुन पुगेका थिए ।

४. एलेक्स हेल्स (इंग्ल्यान्ड)

इंग्ल्यान्डका ओपनर एलेक्स हेल्स सर्वोत्कृष्ट खेलाडीका दाबेदार खेलाडी हुन् । इंग्ल्यान्डलाई फाइनल सम्म पुर्याउन हेल्सले महत्वपूर्ण खेलमा सानदार प्रदर्शन गरेका छन् । भारतलाई फाइनलमा १० विकेटले हराउन हेल्सले ८७ रनको इनिङ खेलेका थिए ।

हेल्सले यस प्रतियोगितामा ५ खेलमा २ अर्धशतकसहित कुल २ सय ११ रन बनाएका छन् । हेल्सले न्युजिल्यान्डविरुद्ध ५२ र श्रीलंकाविरुद्ध ४७ रन बनाएका थिए । फाइनलमा पाकिस्तानविरुद्ध सानदार प्रदर्शन गर्दै च्याम्पियन बनाएमा उनी सर्वोत्कृष्ट खेलाडी बन्न सक्छन् ।

३. शाहिन शाह अफ्रिदी (पाकिस्तान)

पाकिस्तानका बायाँ हाते तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले यस प्रतियोगितामा सानदार प्रदर्शन गरेका छन् । पहिलो खेलमा भारतविरुद्ध विकेट विहीन बेनेपछि त्यसपछि अफ्रिदीले उत्कृष्ट प्रदर्शन गरेका हुन् । अफ्रिदीले ६ खेलमा १० विकेट लिएका छन् ।

अफ्रिदीले पछिल्ला तीन महत्वपूर्ण खेलमा सानदार प्रदर्शन गरेका छन् । दक्षिण अफ्रिकाविरुद्ध अफ्रिदीले ३ ओभरमा १४ रन खर्चेर तीन विकेट लिएका थिए । बंगलादेशविरुद्ध अफ्रिदीले ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिएका थिए ।

सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध दुई महत्वपूर्ण विकेट लिएका थिए । फाइनलमा आज राम्रो प्रदर्शन गर्दा उनी थप दाबेदार बन्नेछन् ।

२. साम करन (इंग्ल्यान्ड)

इंग्ल्यान्डलाई फाइनल सम्म पुर्याउन युवा अलराउन्डर साम करनले डेथ ओभरमा सानदार प्रदर्शन गर्दै आएका छन् । यस विश्वकपमा पाँच विकेट लिने एक्लो बलर समेत रहेका साम करन विश्वकप जित्दा सर्वोत्कृष्ट खेलाडीका दाबेदार खेलाडी हुनेछन् ।

साम करनले ५ ओभरमा १८.४ ओभर बलिङ गर्दै ७.२८ को इकोनमीमा रन खर्चेर १० विकेट लिएका छन् । साम करनले पहिलो खेलमै अफगानिस्तानविरुद्ध ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । आयरल्यान्ड र न्युजिल्यान्डसँग समान दुई दुई विकेट लिएका थिए । श्रीलंकासँग एक र भारतविरुद्ध विकेट विहीन बनेका थिए ।

१. शादब खान (पाकिस्तान)

पाकिस्तानका अलराउन्डर शादब खान यस विश्वकपमा सर्वोत्कृष्ट खेलाडीका प्रमुख दाबेदार हुन् । पाकिस्तानलाई फाइनल सम्म पुर्याउन शादब खानले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गरेका छन् ।

पाकिस्तानले उपाधि जित्दा उनी सर्वोत्कृष्ट खेलाडी बन्ने उच्च सम्भावना छ । पराजित हुँदा पनि शादब प्रमुख दाबेदारको रुपमा छन् । शादब खानले ६ ओभरमा २२ ओभर बलिङ गर्दै ६.५९ को इकोमनीमा रन खर्चिदै कुल १० विकेट लिएका छन् ।

ब्याटिङतर्फ ७८ रन बनाएका छन् । शादबले भारतविरुद्ध ४ ओभरमा मात्रै २१ रन खर्चेका थिए । जिम्बावेविरुद्ध तीन विकेट लिँदा १७ रन जोडेका थिए । नेदरल्यान्ड्सविरुद्ध पनि तीन विकेट लिएका थिए । दक्षिण अफ्रिकाविरुद्ध ५२ रन बनाउँदा तीन विकेट लिएका थिए । उक्त खेलमा शादब खानले २० बलमै अर्धशतक हानेका थिए । बंगलादेशविरुद्ध दुई विकेट लिएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.