default_image

2 years ago

November 13, 2022

टि२० विश्वकप फाइनल: इंग्ल्यान्डले टस जित्यो

129 views

0 Bookmark

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डले पाकिस्तानविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा भएको टसमा इंग्ल्यान्डका कप्तान जस बटलरले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

इंग्ल्यान्ड र पाकिस्तान दुबैले आजको खेलमा कुनै परिवर्तन गरेका छैनन् । इंग्ल्यान्डले दोस्रो सेमिफाइनल खेलमा भारतलाई १० विकेटले हराउँदै फाइनलमा पाकिस्तानसँग भेट पक्का गरेको हो । पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तानले फाइनलमा स्थान बनाएको थियो ।

अघिल्लो महिनामात्रै पाकिस्तान र इंग्ल्यान्डबीच सर्वाधिक धेरै खेलको टि२० आई सिरिज भएको थियो । पाकिस्तानमा भएको सात टि२० आई खेलको सिरिज इंग्ल्यान्डले ४–३ ले जितेको थियो ।

पाकिस्तानले सन् २००९ को फाइनलमा पाकिस्तानले श्रीलंकालाई ८ विकेटले हराउँदै उपाधि जितेको थियो । त्यसअघि पहिलो संस्करण २००७ को पाकिस्तान भारतसँग फाइनलमा पाँच रनले पराजित भएको थियो । पाकिस्तान १३ वर्षपछि फाइनलमा स्थान बनाएको हो । यता इंग्ल्यान्डले २०१० को फाइनलमा अष्ट्रेलियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो ।

२०१६ को टि२० विश्वकपमा इंग्ल्यान्ड वेस्टइन्डिजसँग चार विकेटले पराजित भएको थियो । अन्तिम ६ बलमा १९ रन चाहिँदा वेस्टइन्डिजका कार्लोस व्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हान्दै अविश्वसनिय उपाधि जिताएका थिए ।

फाइनलमा इंग्ल्यान्ड र पाकिस्तानबीच ३० वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो । सन् १९९२ को एकदिवसीय विश्वकपमा पाकिस्तानले इंग्ल्यान्डलाई २२ रनले हराउँदै उपाधि जितेको थियो । त्यस समयका सबै जसो संयोग पाकिस्तानको लागि दोखोरिएका छन् ।

यस विश्वकपमा इंग्ल्यान्ड र पाकिस्तान दुबै उप–विजेता टोली हुन् । इंग्ल्यान्ड सुपर १२ को समूह ए को उपविजेता टोली हो । इंग्ल्यान्ड वर्षाको कारण आयरल्यान्डसँग डकवर्थ लेविस पद्धतिको आधारमा पाँच रनले स्तब्ध भएको थियो । अफगानिस्तानलाई पाँच विकेट, न्युजिल्यान्डलाई २० रन र श्रीलंकालाई ४ विकेटले हराएको थियो ।

अष्ट्रेलियासँग वर्षाको कारण अंक बाँडेको थियो । यता पाकिस्तान पहिलो खेलमा भारतसँग चार विकेट र जिम्बावेसँग एक रनले पराजित भएको थियो । त्यसपछि नेदरल्यान्ड्सलाई ६ विकेट, दक्षिण अफ्रिकालाई ३३ रन र बंगलादेशलाई ५ विकेटले हराएको थियो । अन्तिम खेलमा दक्षिण अफ्रिका नेदरल्यान्ड्ससँग १३ रनले पराजित भएपछि पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।

पाकिस्तानको तीव्र गतिको बलिङ आक्रामण र इंल्यान्डको ब्याटिङ मजबुत छ । उता एलेक्स हेल्स र जस बटलर जस्ता विष्फोटक ब्याटर हुँदा यता शाहिन शाह अफ्रिदी र हरि रौफ जस्ता तीव्र गतिका बलर छन् ।

इंग्ल्यान्डको प्लेइङ ११ :

जस बटलर(कप्तान), एलेक्स हेल्स, फिलिप साल्ट, बेन स्टोक्स, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, मोईन अली, साम करन, क्रिस जोर्डन, क्रिस वोक्स र आदिल राशिद ।

पाकिस्तानको प्लेइङ ११ :

मोहम्मद रिजवान (विकेटकिपर), बाबर आजम (कप्तान), मोहम्मद हरिस, शन मसुद, इफ्तिखार अहमद, शादब खान, मोहम्मद नवाज, मोहम्मद वासिम जुनियर, नसिम शाह, हरिस रौफ र शाहिन शाह अफ्रिदी ।

हेड टु हेड :

इंग्ल्यान्ड र पाकिस्तानबीच हालसम्म २८ टि२० आई खेल भएका छन् । जसमा इंग्ल्यान्ड १८ र पाकिस्तान ९ खेलमा विजयी भएका छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.