3 years ago
November 13, 2022
एजेन्सी – बायाँ हाते तीव्र गतिका बलर साम करनले घातक बलिङ गरेपछि पाकिस्तानले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डलाई १ सय ३८ रनको मध्यम लक्ष्य दिएको छ ।

मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो ।
पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे । ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान पाँचौं ओभरको दोस्रो बलमा १५ रनमा बोल्ड भए । युवा तीव्र गतिका बलर साम करनको बलमा ब्याटमा एज लागेर रिजवान बोल्ड हुन पुगेका थिए ।
युवा ब्याटर मोहम्मद हरिस आठौं ओभरको पहिलो बलमा लङअनमा बेन स्टोक्सबाट ८ रनमा क्याच भए । उनी स्पिनर आदिल राशिदको बलमा ठूला सटको चक्करमा आउट भएका थिए ।

कप्तान बाबर आजम स्पिनर आदिल राशिदको १२ औं ओभरको पहिलो बलमा उत्कृष्ट कट एण्ड बोल्ड आउट हुन पुगे । बाबरले २८ बलमा २ चौकासहित ३२ रनमा आउट भए । १२ औं ओभरमा आदिलले विकेट मेडन राखेका थिए । इफ्तिखार अहमद बेन स्टोक्सको बलमा शून्यमा क्याच आउट भए । मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए ।
पाकिस्तानले अन्तिम ५ ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पाकिस्तान एक समय १५ ओभरमा १०६-४ को अवस्थामा थियो । बाँकी ३० बलमा ३१ रन जोड्दै ४ विकेट गुमाएपछि प्रतिस्पर्धात्मक योगफलबाट चुकेको हो ।
इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]