default_image

2 years ago

November 13, 2022

इंग्ल्यान्डलाई टि२० विश्वकप उपाधि

232 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डले आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो । सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि२० विश्वकप उपाधि जितेको हो ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे ।

तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले पहिलो ओभरको अन्तिम बलमा ओपनर एलेक्स हेल्सलाई एक रनमा बोल्ड गरे । अर्का तीव्र गतिका बलर हरिस रौफको बलमा फिलिप साल्ट १० रनमा इफ्तिखार अहमदबाट मिड विकेटमा क्याच आउट भए ।

हरिस रौफको छैटौं ओभरको तेस्रो बलमा जस बटलर एज लागेर मोहम्मद रिजवानबाट २६ रनमा क्याच आउट भए । बटलरले १७ बलमा ३ चौका र १ छक्का प्रहार गरे । मोईन अली १२ बलमा ३ चौकासहित १९ रनमा मोहम्मद वासिम जुनियरको बलमा बोल्ड आउट भए ।

चौथो विकेटका लागि ह्यारी ब्रुक र बेन स्टोक्सले ४२ बलमा ३९ रनको साझेदारी गरे । स्पिनर शादब खानको बलमा ब्रुक २० रनमा आउट भए । ब्रुकको क्याच शाहिन शाह अफ्रिदीले लङअनमा लिएका थिए । अफ्रिदी उक्त क्याच लिनेक्रममा १३ औं ओभरको तेस्रो बलमा घाइते भएका थिए ।

पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । शाहिन शाह अफ्रिदीले २.१ ओभरमा १३ रन खर्चेर १ विकेट लिए । शादब खानले ४ ओभरमा २० रन खर्चेर १ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे ।

ओपनर तथा विकेटकिपर मोहम्मद रिजवान पाँचौं ओभरको दोस्रो बलमा १५ रनमा बोल्ड भए । युवा तीव्र गतिका बलर साम करनको बलमा ब्याटमा एज लागेर रिजवान बोल्ड हुन पुगेका थिए ।

युवा ब्याटर मोहम्मद हरिस आठौं ओभरको पहिलो बलमा लङअनमा बेन स्टोक्सबाट ८ रनमा क्याच भए । उनी स्पिनर आदिल राशिदको बलमा ठूला सटको चक्करमा आउट भएका थिए ।

कप्तान बाबर आजम स्पिनर आदिल राशिदको १२ औं ओभरको पहिलो बलमा उत्कृष्ट कट एण्ड बोल्ड आउट हुन पुगे । बाबरले २८ बलमा २ चौकासहित ३२ रनमा आउट भए । १२ औं ओभरमा आदिलले विकेट मेडन राखेका थिए । इफ्तिखार अहमद बेन स्टोक्सको बलमा शून्यमा क्याच आउट भए ।

मोहम्मद नवाज ५, मोहम्मद वासिम जुनियर ४ र शाहिन शाह अफ्रिदीले ५ रन बनाए । पाकिस्तानले अन्तिम ५ ओभरमा भने राम्रो ब्याटिङ गर्न सकेन । पाकिस्तान एक समय १५ ओभरमा १०६-४ को अवस्थामा थियो । बाँकी ३० बलमा ३१ रन जोड्दै ४ विकेट गुमाएपछि प्रतिस्पर्धात्मक योगफलबाट चुकेको हो ।

इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए । बेन स्टोक्सले ४ ओभरमा ३२ रन खर्चेर १ विकेट लिए । क्रिस जोर्डनले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.