default_image

2 years ago

November 13, 2022

साम करन टि२० विश्वकपका सर्वोत्कृष्ट खेलाडी

312 views

0 Bookmark

एजेन्सी – इंग्ल्यान्डका युवा स्टार साम करन आइसिसी टि२० विश्वकप २०२२ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिएका छन् । इंग्ल्यान्डलाई च्याम्पियन बनाउन सानदार बलिङ गरेका साम करन प्लेयर अफ द फाइनल र सर्वोत्कृष्ट खेलाडी दुबै चुनिएका हुन् ।

फाइनलमा इंग्ल्यान्डले पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रो पटक उपाधि जितेको हो । इंग्ल्यान्डले २०१० पछि पहिलो पटक विश्वकप उपाधि जितेको हो ।

इंग्ल्यान्डलाई च्याम्पियन बनाउन साम करनले ६ खेलमा २२.४ ओभरमा १ सय ४८ रन खर्चेर १३ विकेट लिए । उनी सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे । उनीअघि श्रीलंकाका स्पिनर वानिन्दु हसरंगा १५ विकेटका साथ शीर्ष स्थानमा रहे ।

फाइनलमा साम करनले पाकिस्तानविरुद्ध ४ ओभरमा १२ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए । साम करनले पहिलो खेलमै अफगानिस्तानविरुद्ध ३.४ ओभरमा १० रन खर्चेर ५ विकेट लिएका थिए । आयरल्यान्ड र न्युजिल्यान्डसँग समान दुई दुई विकेट लिएका थिए । श्रीलंकासँग एक र भारतविरुद्ध विकेट विहीन बनेका थिए ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे । इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.