default_image

2 years ago

November 13, 2022

चौका र छक्काको वर्षा गराउदै दीपक बोहाराको सानदार शतक

100 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा ब्याटर दीपक बोहाराले वाई वाई यू-१९ राष्ट्रिय प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम प्रदेश छनोटमा चौका र छक्काको वर्षा गराउँदै सानदार शतक हानेका छन् ।

दीपककले डडेलधुराबाट बैतडीलाई ९२ रनले हराउन सानदार शतक हानेका हुन् । टस जितेर पहिला ब्याटिङ थालेको डडेलधुरा ३९.४ ओभरमा २ सय ४० रनमा अल आउट भयो । कप्तान दीपक बोहाराले १ सय ४ बलमा १८ चौका र १० छक्कासहित १ सय ६१ रनको विष्फोटक शतकीय इनिङ खेले ।

सचिन साउद ३५ बलमा ४ चौकासहित ४ चौकासहित ३६ रनमा आउट भए । कृष्ण भट्टले १३ रन बनाए । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बैतडीका विरेन्द्र चन्दले ८ ओभरमा ५३ रन खर्चेर ६ विकेट लिए । जितको लागि २ सय ४१ रनको विजयी लक्ष्य पछ्याएको बैतडी ३४.१ ओभरमा १ सय ४८ रनमा अल आउट भयो । प्रदीप साउदले ३५ बलमा ५ चौकासहित ३५ रन बनाए । ओपनर दीपक बोहारा २८, नरेन भट्ट २१ र डंमर तिरुवाले २२ रन बनाए ।

डडेलधुराका कैलाश ऐर र कृष्ण विष्टले दुई दुई विकेट लिए । सचिन मल्लले सर्वाधिक तीन विकेट लिए । सबै प्रदेशले अहिले यू१९ छनोटको तयारी गरेका छन् । मंसिर दोस्रो साता काठमाडौंमा यू–१९ राष्ट्रिय प्रतियोगिता आयोजना हुनेछ । जसबाट नेपालको यू१९ टोली निर्माण गर्दै विश्वकप छनोट खेल्नेछ ।

बायाँ हाते ब्याटर तथा स्पिनर दीपकले प्रधानमन्त्री कप प्रतियोगिता पछिल्ला दुई संस्करण नेपाल एपिएफ क्लबबाट खेलेका छन् । शनिबार एपिएफले आर्मीलाई हराउँदै उपाधि जितेको थियो । तर दीपक बोहरा हिजोनै धनगढी लागेका थिए । गतवर्ष यू१९ राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशबाट छनोट खेलेपनि स्थान बनाउन सकेका थिएनन् ।

दीपकले नेपालको यू-१६ टोलीबाट खेल्दै राम्रो प्रभाव छाडि सकेका छन् । सन् २०१९ को अप्रिलमा नेपालले थाईल्यान्डमा एसिसी इस्र्टन रिजनको उपाधि जित्दा दीपकको योगदान महत्वपूर्ण थियो । उनले ५ खेलमा ९१ रन बनाएका थिए । फाइनलमा हङकङलाई ५९ रनले हराउन तीन विकेट लिँदै प्लेयर अफ द फाइनल चुनिएका थिए ।

अघिल्लो महिना सम्पन्न यू–१९ राष्ट्रिय प्रतियोगितामा काठमाडौं जिल्लाबाट छनोट खेलेपनि बागमतीको टोलीमा स्थान बनाउन सकेका थिएनन् । यू१९ टोलीमा नपरेपछि उनी बारामा सम्पन्न हरपुर क्रिकेट च्याम्पियन्स ट्रफी एपिएफबाट खेलेका थिए । एपिएफलाई उपाधि जिताउन दीपकले अलराउन्ड प्रदर्शन गर्दै राम्रो छाप छाडेपछि प्रधानमन्त्री कपमा स्थान बनाएका हुन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.