default_image

2 years ago

November 13, 2022

पाकिस्तानले फाइनलमा इंग्ल्यान्डसँग हार्नुको पाँच कारण

96 views

0 Bookmark

एजेन्सी – पाकिस्तान आइसिसी टि२० विश्वकप २०२२ को फाइनलमा इंग्ल्यान्डसँग ५ विकेटले पराजित हुँदै च्याम्पियन बन्नबाट चुकेको छ । १३ वर्षपछि उपाधि जित्ने सपना पुन असफल भएको छ ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । इंग्ल्यान्डको जितमा बेन स्टोक्सले ४९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ५२ रनमा अविजित रहे । पाकिस्तानका हरिस रौफले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । पाकिस्तानका शान मसुदले २८ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३८ रन बनाए । शादब खानले १४ बलमा २ चौकासहित २० रन जोडे ।

इंग्ल्यान्डका साम करनले ४ ओभरमा मात्रै १२ रन खर्चेर ३ विकेट लिए । स्पिनर आदिल राशिदले ४ ओभरमा १ मेडनसहित २२ रन खर्चेर २ विकेट लिए ।

विश्वकपकै सर्वाधिक मजबुत ब्याटिङ भएको इंग्ल्यान्ड र उत्कृष्ट तीव्र गतिको बलिङ आक्रामण भएको पाकिस्तानबीचको प्रतिस्पर्धा कडा हुने अनुमान गरिएको थियो । तर सोचे अनुसार हुन सकेन । पाकिस्तानले फाइनलमा इंग्ल्यान्डसँग हार्दै उपाधि जित्न नसक्नुको प्रमुख पाँच कारण यस प्रकार छन् ।

५.ठूलो इनिङको अभाव र कमजोर ब्याटिङ

पाकिस्तानको तर्फबाट कुनैपनि ब्याटरले ठूलो इनिङ खेल्न सकेनन् । पहिला ब्याटिङ गर्ने टोलीलाई विशाल योगफलमा पुर्याउन कम्तिमा एक ब्याटरले एउटा एण्ड राम्रोसँग सम्हाल्दै ठूलो इनिङ खेलेको हुनुपर्छ । जसको कारण अन्य ब्याटर र नयाँ आउने खेलाडी दबाब कम हुन्छ । बलर दबाबमा पर्ने गर्दछन् ।

पाकिस्तानबाट यस खेलमा सर्वाधिक रन शान मसुदले ३८ र बाबर आजमले ३२ रन बनाए । यो प्रदर्शनले संसारको कुनैपनि टोलीले ठूलो योगफल बनाउन सक्दैन । ब्याटिङ नै प्रमुख खबी भएको इंग्ल्यान्डलाई हराउँदै धेरै कठिन पर्छ । पाकिस्तानको कमजोर ब्याटिङ गर्नुको मुख्य कारण नै खराब सट छनोट थियो ।

पाकिस्तानी ब्याटरले बाउन्ड्रीमा जोखिम लिन सकेन । टि२० क्रिकेटमा बाउन्ड्री विना ठूलो योगफल कहिल्यै बन्न सक्दैन । पाकिस्तानले आज मात्रै ८ चौका र २ छक्का प्रहार गर्यो । बाउन्ड्री प्रहारले योगफल बलियो मात्र होईन ब्याटरमा आत्माविश्वास झनै बढ्छ । बलर दबाबमा पर्ने गर्दछ । इंग्ल्यान्डको तर्फबाट बेन स्टोक्सले ५२ रन बनाउँदै खेल सकाए । १४ औं र २ छक्का प्रहार भएको थियो ।

४.बेन स्टोक्सको परिपक्क प्रदर्शन

योगफल मध्यम भएपनि पाकिस्तानले आफ्नो बलिङ क्षमता अनुसार सानदार प्रदर्शन गर्यो । सुरुवातको पहिलो ओभरमै एलेक्स हेल्स शाहिन शाह अफ्रिदीको बलमा बोल्ड आउट भए । एक समय इंग्ल्यान्ड ४५–३ थियो ।

त्यो अवस्थामा थप दुई विकेट आउँदा पाकिस्तान खेलमा हाबी हुन सक्थ्यो । नयाँ ब्याटरमा मेलबर्नको पिचमा खेल्न सहज हुँदैन । त्यसैपनि यस विश्वकपकै उत्कृष्ट बलिङ आक्रामण भएको पाकिस्तानविरुद्ध रन जोड्न धेरै मुश्किल पर्दछ ।

पाकिस्तानलाई यस खेल जित्न लगातार विकेट बाहेक अन्य विकल्प थिएन । तर बेन स्टोक्सले परिपक्क प्रदर्शन गरे । स्टोक्सले कमजोर बलको भरपूर्ण फाइदा उठाए । बेन स्टोक्सको विकेट लिन नसक्नु हारको एक कारण हो ।

३.अफ्रिदी घाइते हुनु

पाकिस्तानले सानदार बलिङ गर्दै इंग्ल्यान्डका ब्याटरलाई दबाबमा राखेको थियो । इंग्ल्यान्ड १५ ओभरमा ९७–४ को अवस्थामा थियो । अन्तिम ३० बलमा इंग्ल्यान्डलाई ४१ रन चाहिँएको थियो । अफ्रिदी, रौफ र मोहम्मद वासिम जुनियरको दुई दुई ओभर बाँकी थियो ।

हरियो दुवोको भरपूर्ण फाइदा उठाउँदै तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरे । तर अफ्रिदी ह्यारी ब्रुकको १३ औं ओभरको तेस्रो बलमा लङअफमा क्याच लिनेक्रममा घाइते भए । उनको खुट्टामा समस्या देखिएको थियो । लगत्तै मैदान बाहिर गएका उनी पुन बलिङमा फर्किए । पछि १६ औं ओभरमा एक बल फ्याँले पनि त्यसपछि सकेनन् । जुन पाकिस्तानको हारको एक टर्निङ प्वाइन्ट थियो ।

अफ्रिदीको दुई ओभर बाँकी थियो । इंग्ल्यान्ड दबाबमा थियो । एउटा बलरलाई बढी रन हान्नुपर्ने जोखिम लिन नै पर्ने थियो । अफ्रिदीले दुई ओभरमा खेललाई मोड्न सक्थे । एक विकेटले खेलमा परिवर्तन आउन सक्थ्यो । उनी नहुँदा टिमकै मनोबल कमजोर बन्यो ।

उनको स्थानमा आएका इफ्तिखार अहमदलाई पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का दिएपछि इंग्ल्यान्ड पूर्ण रुपमा हाबी बन्यो । त्यसपछि लगत्तै अर्को ओभरमा मोहम्मद वासिम जुनियरले ३ चौकासहित १६ रन खर्चिए । अफ्रिदी घाइते नभएको भए खेल पाकिस्तानको पक्षमा जान सक्थ्यो ।

२.अत्याधिक डट बल

इंग्ल्यान्ड विश्वको सबैभन्दा विष्फोटक ब्याटर र ब्याटिङमा गहिराई भएको टोली थियो । त्यसैले कम्तिमा प्रतिस्पर्धात्मक लक्ष्य बनाउनु पर्ने थियो । मेलबर्नको बाउन्ड्री ठूलो हुँदा डबल सिंगलमा धेरै ध्यान दिनुपर्ने थियो । कप्तान बाबरले खेलपछि २० रन सर्ट भएको बताएका थिए ।

पाकिस्तानले कमजोर ब्याटिङ गर्नेक्रममा ४८ बल डट खेलेको थियो । ४८ मध्य २५–३० बलमा सिंगलमात्रै जोडेको भए १ सय ७० माथि योगफल बन्थ्यो । मेलबर्नको पिचमा पाकिस्तानका बलरलाई बचाउन त्यो पर्याप्त हुन्थ्यो । इंग्ल्यान्डका ब्याटरलाई स्कोर बोर्डको समेत दबाब हुँदा खराब सट खेल्ने सम्भावना बढ्थ्यो । पाकिस्तानले खेल जित्न सक्थ्यो ।

१.कमजोर अन्त्य

पाकिस्तानको हारको मुख्य कारण कमजोर अन्त्य हो । एक समय पाकिस्तान १५ ओभरमा १०६-४ को अवस्थामा थियो । क्रिजमा शादब खान ८ बलमा १० र शान मसुद २३ बलमा ३४ रन खेलेका थिए । दुबै ब्याटर क्रिजमा थिए ।

मोहम्मद नवाज आउन बाँकी थियो । अफ्रिदी र जुनियरले पनि राम्रो हिटिङ हान्ने गर्दछन् । पाकिस्तानले अन्तिम ३० बलमा ५० रन सजिलै बनाउन सक्थ्यो ।

तर पाकिस्तानले अन्तिम ३० बलमा ३१ रन रन बनाउन ४ विकेट गुमाएको थियो । त्यहिँ कमजोर अन्त्य नै उपाधि जित्न नसक्नुको प्रमुख आधार बन्यो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.