default_image

2 years ago

November 14, 2022

सानदार विजयी सुरुवात गर्ने सोचमा घरेलु टोली नेपाल

149 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले पहिलो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च छ । टि२० विश्वकप खेल्दाका १० खेलाडी नेपाल भ्रमणमा छन् ।

युएईका प्रमुख अलराउन्डर रोहन मुस्तफा टोलीमा फर्किएका छन् । उनी युएईको विश्वकप टोलीमा थिएनन् । मुस्तफालाई टियु मैदान र नेपाली खेलाडीबारे राम्रोसँग थाहा छ ।

नेपालको रोहित र युएईको सिपी रिजवानले कप्तानी गर्नेछन् । आइसिसी विश्वकप लिग–२ अघि दुबै टोलीले तयारीको लागि यस सिरिज खेलेका हुन् । युएईको मध्यक्रम ब्याटिङ प्रमुख समस्या हो । नेपालको स्पिन आक्रामण कमजोरीको रुपमा छ ।

सन्दीप लामिछाने बलात्कार आरोप लागेपछि टोलीमा नहुँदा स्पिन आक्रामण कमजोर बन्नेछ । नेपालको ब्याटिङमा भने गहिराई छ । तर अपेक्षा र नाम अनुसार नचल्दा सधैं कमजोरीको रुपमा रहँदै आएको छ । टियुको ब्याटिङ सहयोगी पिचमा दुबै टोली विशाल योगफल बनाउन खोज्नेछन् ।

नेपालको ओपनिङ आसिफ शेख र अर्जुन साउदले गर्नेछन् । नेपालले पहिलो खेलमा कुशल भुर्तेललाई बेन्चमा राख्न सक्छ । कुशल टि२० क्रिकेटका लागि चिनिन्छन् ।

अर्जुन आक्रामक र आसिफल ठूलो इनिङ खेल्नु पर्ने हुन्छ । त्यसपछि ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र रोहित पौडेल हुनेछन् । ज्ञानेन्द्र टोलीका सर्वाधिक अनुभवी खेलाडी हुन् । त्यसैले नेपाल परिपक्क प्रदर्शन चाहन्छ ।

दीपेन्द्र र रोहित लयमा छन् । दीपेन्द्रले शनिबार सम्पन्न प्रधानमन्त्री कपमा दुई शतक हानेका थिए । उनको मनोबल पनि उच्च छ । रोहितले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । त्यसपछि आरिफ शेख, मोहम्मद आदिल, करण केसी र कमलसिंह ऐरी हुनेछन् ।

कमल र करण तीव्र गतिका प्रमुख हतियार हुन् । उनलाई आदिल आलमले साथ दिनेछन् । सोमपाल कामी भर्खर डेंगी ठिक भएर फर्किएको हुँदा आज विश्राम पाउन सक्छन् । प्रधानमन्त्री कपमा सोमपालले फाइनल खेल मात्रै खेलेका थिए ।

यता युएईको ओपनर मोहम्मद वासिम र चिराग सुरी हुनेछन् । वासिम विष्फोटक ब्याटिङका लागि चिनिन्छन् । चुरी ठूलो इनिङ खेल्न सक्छन् । रोहन मुस्तफा भरपर्दा खेलाडी हुन् । युवा स्टार वृत्य अरविन्द नेपाली बलरलाई पुन घातक बन्नसक्छन् ।

नेपालको विश्वकप खेल्ने सपना अधुरो बनाउन वृत्य नायक बनेका थिए । वृत्यले सानदार प्रदर्शन गर्दै आएका छन् ।
कप्तान सिपी रिजवान मध्यक्रमका भरपर्दा ब्याटर हुन् ।

युएईको तीव्र गतिको बलरको रुपमा जहुर खान र जुनैद्द सिद्दीक छन् । श्रीलंकाविरुद्ध ह्याट्रिक लिएका युवा स्पिनर कार्तिक मयाप्पन भने नेपाल भ्रमणमा छैनन् ।

हेड टु हेड :

नेपाल र युएईबीच हाल सम्म ६ ओडिआई खेल भएको छ । जसमा युएई चार र नेपाल दुई खेलमा विजयी भएको छ । पछिल्ला पाँच खेलमा युएई तीन खेलमा विजयी भएको छ ।

नेपालले पछिल्लो पटक युएईलाई २०१९ को ओडिआई सिरिजमा हराएको थियो । आइसिसी टि२० विश्वकप छनोट ए मा नेपाललाई ६८ रनले हराउँदै युएई विश्वकप खेलेको थियो ।

मौसम :

काठमाडौंमा आज वर्षाको भने सम्भावना छैन । न्यूनतम तापक्रम १२ र उच्च तापक्रम २१ हुनेछ ।

प्रत्यक्ष प्रसारण तथा टिकट

यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर सिनेप्लस एचडीले गर्नेछन् । टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

युएईको टोली :

सिपी रिजवान (कप्तान), वृत्य अरविन्द (उप-कप्तान), अहमद राजा, एलिशान शरफुल, आदित्य सिठ्ठी, बासिल हामिद, अयान खान, मोहम्मद वासिम, अश्रन्त वल्थापाल, हजरत बिलाल, रोहन मुश्तफा, जहुर खान, जुनैद्द सिद्दीक, विष्णु सुकुमारन र सबिर अली ।

नेपाली क्रिकेट टोली :

रोहित पौडेल (कप्तान), ज्ञानेन्द्र मल्ल, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिशंकर शाह, आदिल आलम, अर्जुन साउद र गुलशन झा ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.