default_image

2 years ago

November 14, 2022

नेपालको सम्भावित प्लेइङ-११

139 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपालले पहिलो ओडिआई खेलमा आज युएईसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ९ बजे टियु क्रिकेट मैदानमा सुरु हुनेछ ।

तीन ओडिआई खेलको सिरिजमा नेपाल सानदार सुरुवात गर्दै अग्रता लिन चाहन्छ । युवा ब्याटर रोहित पौडेलले कप्तानीमा डेब्यू गर्नेछन् । उता टि२० विश्वकप खेलेर फर्किएको युएईको मनोबल उच्च छ । टि२० विश्वकप खेल्दाका १० खेलाडी नेपाल भ्रमणमा छन् ।

युएईका प्रमुख अलराउन्डर रोहन मुस्तफा टोलीमा फर्किएका छन् । मुस्तफालाई टियु मैदान र नेपाली खेलाडीबारे राम्रोसँग थाहा छ । नेपालको रोहित र युएईको सिपी रिजवानले कप्तानी गर्नेछन् । कुनै पनि टोलीले प्लेइङ ११ विपक्षी टोली, पिच र कन्डिसनलाई हेरेर उतार्ने गर्दछ । त्यसैले अनुसार आज नेपालले प्लेइङ ११ युएईविरुद्ध मैदान उतार्नेछ ।

नेपालको ओपनरमा आसिफ शेख, अर्जुन साउद र कुशल भुर्तेल छन् । यी तीनबाट दुई ओपनर मैदान उत्रार्नेछ । आसिफ शेख र अर्जुन साउदले ओपनिङ गर्ने देखिन्छ । आसिफको भूमिका एक एण्डबाट विकेट बचाउँदै ठूलो इनिङ खेल्नु पर्ने हुन्छ ।

विकेटकिपर अर्जुन राम्रो सुरुवात दिलाउनु पर्ने हुन्छ । अर्जुनबाट आक्रामकसँगै संयमित इनिङ चाहन्छ । यी दुई ओपनरले राम्रो सुरुवात दिदा मध्यक्रम र तल्लोक्रमका ब्याटरलाई खेल्न सहज हुनेछ ।

नेपालको ब्याटिङमा गहिराई छ । तेस्रो नम्बरमा सर्वाधिक अनुभवी खेलाडी ज्ञानेन्द्र मल्ल हुनेछन् । ज्ञानेन्द्रबाट नेपाल उत्कृष्ट इनिङ चाहन्छ । यदि ओपनर सस्तैमा आउट हुँदा पनि जिम्मेवारीका साथ अघि ज्ञानेन्द्रले बढाउनु पर्नेहुन्छ । उनको अनुभव निकै महत्वपूर्ण हुनेछ ।

चौथो नम्बरमा दीपेन्द्र र पाँचौं नम्बरमा रोहित पौडेल हुनेछन् । यी दुई युवा ब्याटरको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । दीपेन्द्र र रोहित दुबैले गतवर्ष टियुमा पपुवा न्युगिनीविरुद्ध शतक हानेका थिए । प्रधानमन्त्री कपमा दीपेन्द्रले दुई शतक हानेका छन् । रोहितले पनि उत्कृष्ट प्रदर्शन गरेका थिए । घरेलु मैदान र समर्थक हुँदा यी दुई ब्याटङरको मनोबल अझ उच्च छ ।

नेपालले आरिफ शेखलाई छैटौं नम्बरमा खेलाउने छ । आरिफ भरपर्दा ब्याटर हुन् । नेपालले खराब सुरुवात गर्दा अन्तिम आशाको रुपमा रहनेछन् । आरिफ भरपर्दा ब्याटर हुँदा अन्तिम सम्म खेल लगेर जानुपर्ने हुन्छ । आरिफ तीव्र गतिका पार्टटाइम बलर समेत हुन् ।

फिनिसरको भूमिकामा नेपालले आदिल आलमलाई खेलाउनेछ । उनीबाट नेपाल विष्फोटक अन्त्य चाहन्छ । आदिलको काम थोरै बलमा धेरै रन बनाउने हुनेछ । उनी तीव्र गतिका बलर समेत हुन् ।

नेपालले तीव्र गतिका बलरमा कमलसिंह ऐरी र करण केसीलाई खेलाउने सम्भावना छ । करण विष्फोटक ब्याटिङ गर्न सक्छन् । कमलले राम्रो प्रदर्शन गर्दै आएका छन् । सोमपाल कामी डेंगीबाट फर्किएको हुँदा पहिलो खेलमा विश्राम दिनसक्छ ।

नेपालले आज दुई स्पिनर ललित राजवंशी र सागर ढकाललाई मैदान उत्रार्ने सम्भावना छ । स्पिन आक्रामणलाई दीपेन्द्रले साथ दिनेछन् ।

नेपालको सम्भावित प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल(कप्तान), आरिफ शेख, कमलसिंह ऐरी, करण केसी, आदिल आलम, ललित राजवंशी र सागर ढकाल ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.