default_image

2 years ago

November 14, 2022

युएईविरुद्ध अर्जुन र हरिशंकरको डेब्यू

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युवा विकेटकिपर अर्जुन साउद र हरिंशकर शाहलाई युएईसँगको पहिलो ओडिआई खेलमा डेब्यू दिएको छ । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले आजको खेलमा अर्जुन साउदलाई ओडिआईमा डेब्यू दिएको छ । अर्जुनले नेपालको लागि टि२० आईमा केन्याविरुद्ध गत अगष्टमा डेब्यू गरेका थिए । अर्जुनले तीन खेल खेल्दा ७० रन बनाएका थिए । केन्याविरुद्ध एकदिवसीय खेल खेलेका थिए । तर त्यो अभ्यास मात्र थियो । त्यसले त्यो खेलको कुनै मान्यता हुँदैन ।

सुदुरपश्चिमबाट घरेलु क्रिकेट खेल्ने उनी यसै वर्षदेखी त्रिभुवन आर्मी क्लबमा गएका छन् । घरेलु र सिनियर टोली दुबैमा राम्रो प्रभाव छाडेपछि डेब्यू पाएका हुन् । उनले विकेटकिपरको रुपमा खेल्नेछन् । नेपालले आज अर्जुन, आसिफ शेख र कुशल भुर्तेल तीनै जनालाई मैदान उतारेको छ ।

अर्जुन विकेटकिपरसँगै आक्रामक ब्याटिङको क्षमता राख्छन् । यता मधेश प्रदेशका बायाँ हाते स्पिन अलराउन्डर हरिशंकर शाहले नेपाली क्रिकेट टोलीमा डेब्यू गरेका छन् । पहिलो पटक नेपाली क्रिकेट टोलीमा परेका हरिशंकरले पहिलो खेलमै डेब्यू पाएका हुन् । उनी ब्याटिङसँगै स्पिन बलिङ गर्ने गर्दछन् ।

त्यस्तै कप्तानमा रोहित कुमार पौडेलले डेब्यू गरेका छन् । नेपालका लागि कप्तानको रुपमा डेब्यू गरेका हुन् । त्यस्तै युएईका कप्तान सिपी रिजवानले ओडिआई खेलमा पहिलो कप्तानी गरेका छन् ।

नेपालले आजको खेलमा मोहम्मद आदिल आलम, सागर ढकाल, भीम सार्की, कमलसिंह ऐरी र आरिफ शेखलाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), हरि शंकर, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

January 12, 2025

शकिब, लिटनबिना बंगलादेशको च्याम्पियन्स ट्रफी टोली घोषणा

एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]

January 12, 2025

जाधवले बनाइन् ५० ओभरको खेलमा ३ सय ४६ रन !

एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]

January 12, 2025

शीर्षस्थानमा रहँदै पुलिस एलिट कपको फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]

Success

Thank you for your time.