3 years ago
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याटर रोहित पौडेल भारतीका पूर्व कप्तान सचिन तेन्दुलकर र न्युजिल्यान्डका केन विलियम्सन भन्दा कम उमेरमा कप्तानी गर्ने खेलाडी बनेका छन् ।

रोहितले युएईसँग पहिलो ओडिआई खेलमा कप्तानी गर्दा २० वर्ष ७३ दिनका छन् । रोहित विश्वकै सबैभन्दा दोस्रो कान्छा ओडिआई कप्तान हुन् । अफगानिस्तानका राशिद खानले २०१८ मा मार्चमा स्कटल्यान्डविरुद्ध कप्तानी गर्दा १९ वर्ष १ सय ६५ दिनका थिए । रोहित विश्वका स्टार राशिद खानपछि कप्तानी गर्ने विश्वकै कान्छा कप्तान हुन् ।
बंगलादेशका राजेन सालेह २० वर्ष २ सय ९७ दिनमा कप्तानी गरेका थिए । नेपालका सन्दीप लामिछानेले २१ वर्ष २ सय २६ दिनमा गतवर्ष पपुवा न्युगिनीविरुद्ध डेब्यू गरेका थिए । २०१२ मा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले वेस्टइन्डिजविरुद्ध २१ वर्ष ३ सय ३२ दिनका थिए ।
सचिन तेन्दुलकरले १९९६ मा श्रीलंकाविरुद्ध २३ वर्ष १ सय २६ दिनमा ओडिआईमा कप्तानी गरेका थिए । पाकिस्तानका पूर्व सफल क्रिकेटर वाकर युनिसले २१ वर्ष ३ सय ५४ दिनमा वेस्टइन्डिजविरुद्ध कप्तानी गरेका थिए । त्यस्तै बंगलादेशका सकिब अल हसनले २२ वर्ष १ सय २४ दिनमा ओडिआईमा कप्तानी गरेका थिए ।

उनी उमेरले सबैभन्दा कान्छा नेपाली कप्तान बन्नेछन् । रोहितले सन्दीप लामिछानेलाई पछि पार्दै कान्छा कप्तान बनेका हुन् । सन्दीप लामिछाने बलात्कार आरोप लागेपछि भदौ २३ मा कप्तानबाट निलम्बित भएका थिए ।
गतवर्ष क्यानले ज्ञानेन्द्र मल्ललाई कप्तानबाट हटाउँदै सन्दीपलाई नियुक्त गरेको थियो । सन्दीपले आइसिसी टि२० विश्वकप छनोट ए मा ओमान भ्रमणमा कप्तानमा डेब्यू गरेका थिए । चार देश सम्मिलित सिरिजमा ओमानविरुद्ध सन्दीपले कप्तानी डेब्यू गर्दा २१ वर्ष १ सय ९३ दिनका थिए ।
रोहितले सन्दीपलाई पछि पार्दै नेपालका सवैभन्दा कान्छा कप्तान बनेका हुन् । सन्दीप अघि पारस खड्का सन् २००९ मा मलोसियाविरुद्ध कप्तानी गर्दा २२ वर्ष २९ दिनका थिए । रोहित समग्रमा नेपालका ११ औं कप्तान हुन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]