3 years ago
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राम्रो सुरुवात गरेको युएईविरुद्ध नेपालका तीव्र गतिका बलर गुलशन झाले एकै ओभरमा दुई विकेट लिएका छन् ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले १५ ओभरमा २ विकेट गुमाउँदै ७७ रन बनाएको छ । टियु एण्डबाट आएका तीव्र गतिका बलर गुलशन झाले आक्रामक सुरुवात गरेका मोहम्मद वासिमलाई ४४ रनमा बोल्ड आउट गरेका हुन् ।
वासिमले ४१ बलमा ६ चौका र १ छक्का प्रहार गरे । यसै ओभरको अन्तिम बलमा कभरमा कुशल भुर्तेलले युएईका कप्तान सिपी रिजवानको दुई रनमा उत्कृष्ट क्याच लिएका हुन् । युएईको सुरुवात राम्रो रह्यो ।
पहिलो विकेटका लागि वासिम र वृत्य अरविन्दले १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका हुन् । वृत्य अरविन्द ४७ बलमा ५ चौकासहित २७ रनमा अविजित छन् । उनलाई रोहन मुस्तफाले साथ दिनेछन् ।

११ औं ओभरको चौथो बलमा नेपालले वित्य अरविन्दलाई १८ रनमा रन आउट गर्न चुकेको थियो । नन स्ट्राइकबाट मोहम्मद वासिमसँग तालमेल नमिल्ला उनी पिचको आधा भागमा गएर फर्किनु परेको थियो ।
नेपाललाई रन आउट गर्ने राम्रो अवसर आएपनि चुकेको थियो । नेपालले सोमपाल कामी, करण केसी, गुलशन झा र ललित नारायण राजवंशीलाई आजको खेलमा बलिङ लगाई सकेको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]