default_image

2 years ago

November 14, 2022

आयनको डेब्यूको सुरुवातमै तीन विकेट

112 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युएईका युवा स्पिनर आयन अफ्जल खानले आफ्नो ओडिआई डेब्यू खेलको पहिलो खेलमा नेपालविरुद्ध सुरुवातमै तीन महत्वपूर्ण विकेट लिएका छन् ।


जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८.१ ओभरमा ३ विकेट गुमाउँदै ३२ रन बनाएको छ । नेपालका अर्जुन साउद १४ रनमा क्रिजमा छन् ।

युएईका १७ वर्षीय स्पिनर आयन खानले चोभार एण्डबाट बलिङ गर्दै डेब्यूको पहिलो बलमै आसिफ शेखलाई १२ रनमा एलबीडब्लू आउट गरे । त्यसको एक बलपछि ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुबाट शून्यमा क्याच आउट भए ।

१७ वर्षीय आयनले टि२० विश्वकप खेलेका छन् । टि२० विश्वकप खेलेपछि नेपाल आएका हुन् । करिअरको पहिलो ओडिआई खेल खेलेका आयनले पहिलो ओभरमै दुई विकेट लिँदै सानदार सुरुवात दिलाएका हुन् । आयनले नै नवौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट गरे ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । युएईका रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए ।

नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.