3 years ago
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले पहिलो ओडिआई खेलमा युएईविरुद्ध बलियो लक्ष्य पछ्याउनेक्रममा खराब ब्याटिङ प्रदर्शन गरेको छ । जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १७ ओभरमा ४ विकेट गुमाउँदै ५५ रन बनाएको छ ।

अर्जुन साउद ३९ बलमा ३ चौकासहित २१ रनमा क्रिजमा छन् । उनलाई दीपेन्द्रसिंह ऐरी ६ रनमा क्रिजमा छन् । युएईका १७ वर्षीय स्पिनर आयन अफ्जल खानले चोभार एण्डबाट बलिङ गर्दै डेब्यूको पहिलो बलमै आसिफ शेखलाई १२ रनमा एलबीडब्लू आउट गरे ।
त्यसको एक बलपछि ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुबाट शून्यमा क्याच आउट भए । आयनले नै नवौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट गरेपछि नेपाल ३२–३ रनको अवस्थामा पुगेको थियो । हरिशंकर शाहलाई बासिल हामिदको बलमा ८ रनमा स्टम्पिङ गराउँदै ४१–४ को अवस्थामा पुगेको थियो ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनायो । युएईका रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए ।
नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]