default_image

2 years ago

November 14, 2022

कठिन समयमा दीपेन्द्रको अर्धशतक

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मध्यक्रमका ब्याटर दीपेन्द्रसिंह ऐरीले युएईसँगको पहिलो ओडिआई खेलमा कठिन समयमा महत्वपूर्ण अर्धशतक प्रहार गरेका छन् ।

जितको लागि २ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३९.१ ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको छ । दीपेन्द्रसिंह ऐरी ८४ बलमा ६ चौकासहित ५४ रनमा क्याच आउट भए ।

अर्जुन साउद ७९ बलमा ५ चौकासहित ५१ रनमा बोल्ड आउट भए । अर्जुनले ७७ बलमा अर्धशतक पूरा गर्दै डेब्यू खेलमा अर्धशतक बनाउने कुशल मल्ल र ज्ञानेन्द्र मल्लपछि नेपालको तेस्रो खेलाडी बने । ज्ञानेन्द्र मल्लले २०१८ अगष्ट १ मा नेदरल्यान्ड्सविरुद्ध ५१ रन र कुशल मल्लले २०२० फेब्रुअरीमा अमेरिकाविरुद्ध टियु मैदानमा ५० रन बनाएका थिए ।

पाँचौं विकेटका लागि दीपेन्द्र र अर्जुनले ६८ रनको साझेदारी गरेका थिए । अर्जुन ३१ औं ओभरको पहिलो बलमा रोहन मुस्तफाको बलमा बोल्ड हुन पुगे ।

युएईका १७ वर्षीय स्पिनर आयन अफ्जजले डेब्यू ओडिआईमा सानदार प्रदर्शन गर्दै चार विकेट लिए । चोभार एण्डबाट बलिङ गर्दै डेब्यूको पहिलो बलमै आयनले आसिफ शेखलाई १२ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए । त्यसको एक बलपछि ज्ञानेन्द्र मल्ल कभरमा एलिशान शराफुबाट शून्यमा क्याच हुन पुगे ।

आयनले नै नवौं ओभरको पहिलो बलमा कप्तान रोहित पौडेललाई एक रनमा बोल्ड आउट गरेपछि नेपाल ३२–३ रनको अवस्थामा पुगेको थियो । बासिल हामिदले हरिशंकर शाहलाई ८ रनमा स्टम्पिङ गराउँदै ४१–४ को अवस्थामा पुर्याए ।
कुशल भुर्तेल सातौं नम्बरमा ब्याटिङ गर्दै ६ रनमा फस्ट स्लिपमा सिपी रिजवानबाट क्याच आउट भए । भुर्तेललाई आउट गर्दै आयनले चार विकेट पूरा गरेका थिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । युएईका रोहन मुस्तफाले ७३ बलमा ७ चौकासहित सर्वाधिक ५३ रनमा बनाए ।

नेपालका तीव्र गतिका बलर गुलशन झाले ६ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ६७ रन खर्चेर १ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले ८ ओभरमा ३० रन खर्चेर १ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.