default_image

3 years ago

November 15, 2022

पन्जाबले मयंक अग्रवाललाई फुकुवा गर्यो, धवन नयाँ कप्तान

149 views

0 Bookmark

एजेन्सी – पन्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को लागि कप्तान मयंक अग्रवाललाई टोलीबाट फुकुवा (रिलिज) गरेको छ । गतवर्ष कप्तानमा नियुक्त गरेको ओपनर मयंक अग्रवाललाई टोलीबाट फुकुवा गर्ने निर्णय लिएको हो ।

अग्रवाललाई पन्जाबले फुकुवा गरेपछि ओपनर शिखर धवनलाई कप्तान बनाएको छ । पन्जाबले मयंक अग्रवाललाई १२ करोड भारुमा गतवर्ष टोलीमा राखेको थियो । ९ करोड भारुमा किनेको युवा अलराउन्डर शाहरुख खानलाई टोलीमै राख्ने (रिटेन) भएको छ । पन्जाबले जोनी बेयरस्टो, लियाम लिभिङस्टोन र कागिसो रबाडालाई भने टोलीमै राख्ने भएको छ ।

सनराइजर्स हैदराबादले कप्तान केन विलियम्सनलाई फुकुवा गरेको छ । हैदराबादले केन विलियम्सनलाई १४ करोड भारुमा किनेको थियो । गतवर्ष हैदराबादले विलियम्सनलाई पहिलो रोजाईमा टोलीमा राखेको थियो । अफगानिस्तानका लेगस्पिनर राशिद खानलाई फुकुवा गर्दै गुजरात पठाएको थियो । तर पछिल्लो समय विलियम्सनको टि२० प्रदर्शनमा प्रश्न उठ्दै आएको छ । विश्वका वर्तमान समयका उत्कृष्ट कप्तान केन विलियम्सनलाई हैदराबादले फुकुवा गर्ने निर्णय लिएको हो ।

वेस्टइन्डिजका कप्तान निकोलस पुरनलाई पनि टोलीबाट फुकुवा गरेको छ । पुरनलाई हैदराबादले १० करोड ७५ लाख भारुमा किनेको थियो । पुरनको भने प्रदर्शन राम्रो छैन । विकेटकिपर ब्याटर पुरनले पछिल्लो समय लगातार खराब प्रदर्शन गर्दै आएका छन् ।

आज खेलाडी रिटेन र लिलिजको अन्तिम दिन हो । मिनि अक्सन आगमी २३ डिसेम्बरमा हुनेछ ।

पन्जावले फुकुवा गरेको खेलाडी : मयंक अग्रवाल, ओडेन स्मिथ, विभव आरोरा, बेनी होवेल, ईशान पोरेल, अन्श पटेल, प्रेरक मंन्काड, सन्दीप शर्मा र व्रिटिक चटर्जी ।

पन्जावले टोलीमा राख्ने खेलाडी :

शिखर धवन (कप्तान), शाहरुख खान, जोनी बेयरस्टो, प्रभसिमरन सिंह, भानुका राजपक्षे, जितेश शर्मा, राज वावा, शिषी धवन, लियाम लिभिङस्टोन, अर्थव टैड, अर्शदीपसिंह, बालजित सिंह, नाथन एलिस, कागिसो रबाडा, राहुल चाहर र हरप्रीत ब्रार ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.