default_image

2 years ago

November 16, 2022

नेपालले टस हार्यो, टोलीमा एक परिवर्तन

80 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले युएईसँग दोस्रो ओडिआई खेलमा टस हारेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा युएईका कप्तान सिपी रिजवानले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

नेपालका कप्तान रोहित पौडेलले सिक्का उचालेपनि निर्णय युएईका कप्तानमा गएको हो । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ ।

हरिशंकर शाहलाई बेन्चमा राख्दै आरिफ शेखलाई आजको खेलमा मौका दिएको छ । टोलीमा अन्य भने परिवर्तन छैन । नेपाल पहिलो खेलमा युएईसँग ८४ रनले पराजित भएको थियो । तीन ओाडिआई खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ ।

नेपालले आजको खेलमा कमलसिंह ऐरी, भीम सार्की, हरिशंकर शाह, सागर ढकाल र मोहम्मद आदिल आलमलाई बेन्चमा राखेको छ । युएईले आजको खेलमा दुई परिवर्तन गरेको छ । सबिर अली र विष्णु सुकरमानलाई आज मौका दिएको छ । तीव्र गतिका बलर जुनैद्द सिद्दिक र स्पिनर अहमद राजालाई बेन्चमा राखेको छ ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।

हेड टु हेड :

नेपाल र युएईबीच हाल सम्म ७ ओडिआई खेल भएको छ । जसमा युएई पाँच र नेपाल दुई खेलमा विजयी भएको छन् । पछिल्ला पाँच खेलमा युएई चार खेलमा विजयी भएको छ ।

प्रत्यक्ष प्रसारण तथा टिकट

यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर सिनेप्लस एचडीले गर्नेछन् । टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.