3 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो ओडिआई खेलमा बलिङतर्फ लगातार खराब बलिङ सुरुवात गरेको छ ।
टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ९ ओभरमा कुनै विकेट नगुमाई ६६ रन बनाएको छ ।

युएईका ओपनर मोहम्मद वासिम २९ बलमा ३ चौका र ४ छक्कासहित ४३ रनमा अविजित छन् । वृत्य अरविन्द २५ बलमा ३ चौकासहित २१ रनमा अविजित छन् ।
युएईका ओपनर वासिम र वृत्यले पहिलो खेलमा १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । त्यो लयलाई आजको खेलमा निरन्तरता दिएका छन् ।
नेपालले आजको खेलमा हरिशंकर शाहलाई बेन्चमा राख्दै आरिफ शेखलाई मौका दिएको छ । युएईले भने अहमद राजा र जुनैद्द सिद्दिकलाई बेन्चमा राखेको छ । सबीर अली र विष्णु सुकुमारनलाई मौका दिएको छ ।
नेपालको प्लेइङ ११ :
आसिफ शेख, अर्जुन साउद, कुशल भुर्तेल, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल (कप्तान), आरिफ शेख, करण केसी, सोमपाल कामी, गुलशन झा र ललित राजवंशी ।
हेड टु हेड :
नेपाल र युएईबीच हाल सम्म ७ ओडिआई खेल भएको छ । जसमा युएई पाँच र नेपाल दुई खेलमा विजयी भएको छन् । पछिल्ला पाँच खेलमा युएई चार खेलमा विजयी भएको छ ।
प्रत्यक्ष प्रसारण तथा टिकट
यस खेलको प्रत्यक्ष प्रसारण कान्तिपुर सिनेप्लस एचडीले गर्नेछन् । टिकटको मूल्य २ सय रुपैयाँ तोकिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]