default_image

2 years ago

November 16, 2022

दीपेन्द्रले दिलाए नेपाललाई पहिलो सफलता

128 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले युएईसँगको दोस्रो ओडिआई खेलमा पहिलो सफलता दिलाएका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले १३ ओभरमा १ विकेट गुमाउँदै ७४ रन बनाएको छ ।

मोहम्मद वासिम ३७ बलमा ३ चौका र ४ छक्कासहित ४६ रनमा अविजित छन् । सिपी रिजवान एक रनमा अविजित छन् ।
पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए ।

आक्रामक सुरुवात गरेको युएईलाई चोभार एण्डबाट आएका दीपेन्द्रले आफ्नो पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका हुन् । वृत्य दीपेन्द्रको बलमा डीप मिडविकेटमा सोमपाल कामीबाट २५ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ४ चौका प्रहार गरे ।

युएईले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई ७० रन बनाउँदै विष्फोटक सुरुवात गरेको थियो । युएईका ओपनर वासिम र वृत्यले पहिलो खेलमा १४.२ ओभरमा ७५ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए ।

नेपालले आजको खेलमा हरिशंकर शाहलाई बेन्चमा राख्दै आरिफ शेखलाई मौका दिएको छ । युएईले भने अहमद राजा र जुनैद्द सिद्दिकलाई बेन्चमा राखेको छ । सबीर अली र विष्णु सुकुमारनलाई मौका दिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.