3 years ago
November 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पार्ट टाइम स्पिनर कुशल भुर्तेलले दोस्रो ओडिआई खेलमा युएईका कप्तान सिपी रिजवानलाई आउट गरेका छन् । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले २५ ओभरमा ४ विकेट गुमाउँदै १ सय १९ रन बनाएको छ ।

२४ औं ओभरको पहिलो बलमा सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच आउट भएका छन् । कुशल भुर्तेलको यो ओडिआई करिअरको पहिलो विकेट हो ।
युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित ५० रनमा आउट भए । ललितले १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिए । टियु एण्डबाट आएका ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट क्याच हुन पुगेका थिए ।
पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । आक्रामक सुरुवात गरेको युएईलाई चोभार एण्डबाट आएका दीपेन्द्रले आफ्नो पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए ।

वृत्य दीपेन्द्रको बलमा डीप मिडविकेटमा सोमपाल कामीबाट २५ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । त्यसपछि भने युएईले लगातार विकेट गुमाउन पुग्यो । सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे ।
युएईले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई ७० रन बनाउँदै विष्फोटक सुरुवात गरेको थियो । नेपालले आजको खेलमा हरिशंकर शाहलाई बेन्चमा राख्दै आरिफ शेखलाई मौका दिएको छ । युएईले भने अहमद राजा र जुनैद्द सिद्दिकलाई बेन्चमा राखेको छ । सबीर अली र विष्णु सुकुमारनलाई मौका दिएको छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]