default_image

2 years ago

November 16, 2022

नेपालको सानदार पूनरागमन

119 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले दोस्रो ओडिआई खेलमा युएईविरुद्ध सानदार पूनरागमन गरेको छ । टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३५ रन बनाएको छ ।

एक समय ७२–० को बलियो सुरुवात गरेको युएईविरुद्ध नेपालका स्पिनरले उत्कृष्ट पूनरागमन गराएका हुन् । पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । आक्रामक सुरुवात गरेको युएईलाई चोभार एण्डबाट आएका दीपेन्द्रले आफ्नो पहिलो ओभरमै नेपाललाई सफलता दिलाएका थिए ।

वृत्य दीपेन्द्रको बलमा डीप मिडविकेटमा सोमपाल कामीबाट २५ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । त्यसपछि भने युएईले लगातार विकेट गुमाउन पुग्यो ।

युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित ५० रन बनाउँदै आउट भए । स्पिनर ललित राजवंशीको १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिए । टियु एण्डबाट आएका ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट क्याच हुन पुगेका थिए ।

सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । लेग स्पिनर कुशल भुर्तेलको २४ औं ओभरको पहिलो बलमा कप्तान सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच आउट भए ।

कुशल भुर्तेलको यो ओडिआई करिअरको पहिलो विकेट हो । युएईले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई ७० रन बनाउँदै विष्फोटक सुरुवात गरेको थियो । पावर प्लेपछि भने खेलमा नेपाल फर्किएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.