default_image

2 years ago

November 16, 2022

सोमपाल र ललितको उत्कृष्ट बलिङमा नेपालको सानदार पूनरागमन

138 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामी र स्पिनर ललित नारायण राजवंशीले उत्कृष्ट बलिङ गरेसँगै युएईले दोस्रो ओडिआई खेलमा नेपाललाई १ सय ९२ रनको मध्यम लक्ष्य दिएको छ ।

टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

एक समय ७२–० को बलियो सुरुवात गरेको युएई पहिलो विकेटको पतनपछि भने राम्रो साझेदारी गर्न सकेन । आक्रामक सुरुवात गर्दै एक समय विशाल योगफलको सम्भावना देखाएपनि नेपालले उत्कृष्ट पुनरागमनका साथ युएईलाई मध्यम योगफलमै रोकेको हो ।

पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । आक्रामक सुरुवात गरेको युएईलाई चोभार एण्डबाट आएका दीपेन्द्रले आफ्नो पहिलो ओभरमै नेपाललाई सफलता दिलाए ।

वृत्य दीपेन्द्रको बलमा डीप मिडविकेटमा सोमपाल कामीबाट २५ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । त्यसपछि भने युएईले लगातार विकेट गुमाउन पुग्यो ।

स्पिनर ललित राजवंशीको १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिए । टियु एण्डबाट आएका ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट समातिन पुगे ।

सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । लेग स्पिनर कुशल भुर्तेलको २४ औं ओभरको पहिलो बलमा कप्तान सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच आउट भए ।

कुशल भुर्तेलको यो ओडिआई करिअरको पहिलो विकेट हो । युएईले पहिलो पावर प्लेमा कुनै विकेट नगुमाई ७० रन बनाउँदै विष्फोटक सुरुवात गरेको थियो । तर पावर प्लेपछि नेपालले खेलमा पकड जमायो ।

ड्रिङ्स ब्रेकपछिको पहिलो बलमै करण केसीले विष्णु सुकुमारन विकेटकिपर आसिफ शेखबाट १५ रनमा क्याच आउट भए । उनले ३९ बलमा १ चौका हाने । गुलशन झाको बलमा एलिशान शराफु प्वाइन्टमा दीपेन्द्रसिंह ऐरीबाट ३५ रनमा क्याच आउट भए । शराफुले ४३ बलमा ३ चौका हाने ।

बासिल हामिद २६ बलमा १ चौका र २ छक्कासहित २४ रनमा सोमपालको बलमा बोल्ड भए । आयन खान २, जहुर खान शून्य, सबिर अली ७ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए । तीन खेलको सिरिजमा युएईले १(० को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.