default_image

3 years ago

November 16, 2022

नेपालका दुबै ओपनर आउट

256 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका ओपनर आसिफ शेख र अर्जुन साउद युएईसँगको दोस्रो ओडिआई खेलमा सस्तैमा आउट भएका छन् । जितको लागि १ सय ९२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ओभरमा २ विकेट गुमाउँदै २५ रन बनाएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकासहित १५ रनमा अविजित छन् । रोहित पौडेल ६ बलमा २ रनमा अविजित छन् ।
तीव्र गतिका बलर हजरत बिलालको पहिलो ओभरको चौथो बलमा ओपनर अर्जुन साउद शून्यमा थर्डम्यानमा सबिर अलीबाट क्याच आउट भए ।

बिलालकै पाँचौं ओभरको पाँचौं बलमा आसिफ शेख एज लागेर बासिल हामीदबाट ६ रनमा क्याच आउट भए ।

त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

एक समय ७२–० को बलियो सुरुवात गरेको युएई पहिलो विकेटको पतनपछि भने राम्रो साझेदारी गर्न सकेन । आक्रामक सुरुवात गर्दै एक समय विशाल योगफलको सम्भावना देखाएपनि नेपालले उत्कृष्ट पुनरागमनका साथ युएईलाई मध्यम योगफलमै रोकेको हो ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए । तीन खेलको सिरिजमा युएईले १९० को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.