default_image

2 years ago

November 16, 2022

बलमा थुक लगाएपछि नेपालले पायो पाँच रन पेनाल्टी

141 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) दोस्रो ओडिआई खेलमा युएईका युवा ब्याटर एलिशान शराफुले प्रतिबन्ध बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टी पाएको छ ।

२२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएका थिए । कोरोना महामारीपछि बलमा थुक लगाउन पाइदैन । बलमा थुक लगाउन पूर्ण रुपमा प्रतिबन्ध हुँदा नेपालले पाँच रन पेनाल्टी पाएको हो ।

युएईका फिल्डरले बलमा थुक लगाएको पाएपछि अम्पायरले केहि समयको छलफलपछि नेपाललाई पाँच रन पेनाल्टी दिएका थिए । त्यसपछि अन्तिम बलमा जहूर खानलाई कुशल भुर्तेलले लगातार तीन चौका हानेका थिए ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३७ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको छ। नेपालका कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित सर्वाधिक ३६ रनमा बोल्ड आउट भए । उनी स्पिनर रोहन मुस्तफाको योर्कर बलमा बोल्ड हुन पुगेका थिए ।

तीव्र गतिका बलर हजरत बिलालको पहिलो ओभरको चौथो बलमा ओपनर अर्जुन साउद शून्यमा थर्डम्यानमा सबिर अलीबाट क्याच आउट भए । बिलालकै पाँचौं ओभरको पाँचौं बलमा आसिफ शेख एज लागेर बासिल हामीदबाट ६ रनमा क्याच आउट भए ।

स्पिनर रोहन मुस्तफाको १३ औं ओभरको पाँचौं बलमा रोहित पौडेल ८ रनमा एलबीडब्लू आउट भए । स्वीप सट खेलेका रोहित गल्भ्समा लागेपनि एम्पायरले आउट दिएका थिए ।


ज्ञानेन्द्र मल्ल १८ औं ओभरको तेस्रो बलमा २६ रनमा रन आउट भए । नन स्ट्राइकमा ज्ञानेन्द्र आफैंले रनको लागि कल गरेपनि रोहन मुस्तफाले रन आउट गर्दै पेभेलिएनको बाटो देखाए । मल्लले ५९ बलमा ४ चौका हाने ।

त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भयो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

एक समय ७२–० को बलियो सुरुवात गरेको युएई पहिलो विकेटको पतनपछि भने राम्रो साझेदारी गर्न सकेन । आक्रामक सुरुवात गर्दै एक समय विशाल योगफलको सम्भावना देखाएपनि नेपालले उत्कृष्ट पुनरागमनका साथ युएईलाई मध्यम योगफलमै रोकेको हो ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए । तीन खेलको सिरिजमा युएईले १-० को अग्रता लिएको छ । नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो ।

July 27, 2024

भारत र श्रीलंकाबीच पहिलो टि ट्वान्टी आज

एजेन्सी – श्रीलंकाविरुद्ध ३ खेलको टि-ट्वान्टी सिरिजको पहिलो खेल पाल्लेकेलेमा शनिबार सुरु हुँदा त्यो भारतीय क्रिकेटका लागि नयाँ युगको सुरुवात रुपमा हेरिने अनुमान गरिएको छ। खेल नेपाली समय अनुसार साँझ सबा ७ बजे सुरु हुनेछ।टि ट्वान्टी विश्वकपको उपाधि जितेपछि भारतीय कप्तान रोहित शर्मा, विराट कोहली र रविन्द्र जडेजाले टि ट्वान्टी आईबाट सन्न्यास लिएका थिए। सूर्यकुमार […]

July 27, 2024

दीपेन्द्र र सन्दीप आबद्ध टोली खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि ट्वान्टी लिगमा नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछानेआबद्ध टोलीले दोस्रो खेल खेल्नेछ । दीपेन्द्र र सन्दीपआबद्ध भेनकुवर नाईट्सले दोस्रो खेल आज खेल्दैछ । भेनकुवरले दोस्रो खेलमा बंगाल टाईगर्सको सामना गर्दैछ । भेनकुवर र बंगालबीचको खेल क्यानडाको सिएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार […]

July 27, 2024

नामिबियामाथि स्कटल्यान्डको सहज जित

एजेन्सी – स्कटल्यान्डले विश्वकप लिग टु सिरिज अन्तर्गतको खेलमा नामिबियामाथि सहज जित हात पारेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत स्कटल्यान्डमा जारी ओमान, नामिबिया र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको छैटौं खेलमा स्कटल्यान्डले १ सय ३८ रनको फराकिलो जित हात पारेको हो । स्कटल्यान्डले दिएको ३ सय २ रनको लक्ष्य पछ्याएको नामिबिया ४०.१ […]

Success

Thank you for your time.