default_image

2 years ago

November 16, 2022

युएईमाथि नेपालको उत्कृष्ट जित

244 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले सातौं विकेटका लागि उत्कृष्ट साझेदारी गरेपछि नेपालले दोस्रो ओडिआई युएईलाई तीन विकेटले हराएको छ । योसँगै तीन ओडिआई खेलको सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ ।

जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा आरिफ शेख ५८ बलमा ३ चौकासहित ३३ रनमा अविजित रहे । सोमपाल कामी १६ बलमा २ चौकासहित १६ रनमा अविजित रहे । सोमपालले लङअनमा चौका हान्दै खेल सकाएका थिए ।

गुलशन झा ४९ बलमा ४ चौका र १ छक्कासहित ३७ रनमा आउट भए । गुलशनको यो ओडिआई करिअरको उच्च प्रदर्शन हो । एक समय २९.१ ओभरमा १०६–६ को अवस्थामा पुगेको नेपाललाई सातौं विकेटका लागी गुलशन झा र आरिफ शेखले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै जितको आधार तय गरेका थिए ।

कुशल भुर्तेल ५२ बलमा ६ चौकासहित ३६ रनमा बोल्ड आउट भए । कुशल स्पिनर रोहन मुस्तफाको योर्कर बल रिड गर्न चुक्दा बोल्ड हुन पुगेका थिए । तीव्र गतिका बलर हजरत बिलालको पहिलो ओभरको चौथो बलमा ओपनर अर्जुन साउद थर्डम्यानमा सबिर अलीबाट शून्यमा क्याच हुन पुगे ।

बिलालकै पाँचौं ओभरको पाँचौं बलमा आसिफ शेख ठूलो सटको चक्करमा एज लागेर बासिल हामीदबाट ६ रनमा क्याच भए । स्पिनर रोहन मुस्तफाले १३ औं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेललाई ८ रनमा एलबीडब्लू आउट गरे । स्वीप सट खेलेका रोहित गल्भ्समा लागेपनि एम्पायरले आउट दिएका थिए ।

ज्ञानेन्द्र मल्ल १८ औं ओभरको तेस्रो बलमा २६ रनमा रन आउट भए । नन स्ट्राइकमा ज्ञानेन्द्र आफैंले रनको लागि कल गरेपनि मुस्तफाले रन आउट गर्दै पेभेलिएन फर्काए । मल्लले ५९ बल खेल्दै ४ चौका हाने । दीपेन्द्रसिंह ऐरी स्पिनर बासिल हामिदको बलमा १३ रनमा बोल्ड आउट भए ।

२२ औं ओभरको दोस्रो बलपछि युएईका फिल्डर एलिशान शराफुले बलमा थुक लगाएपछि नेपालले पाँच रन पेनाल्टीमा पाएको थियो । कोरोनापछि बलमा थुक लगाउन प्रतिबन्ध लगाइएको छ । त्यसको फाइदा नेपालले पेनाल्टीमा पाँच रन पाएको थियो ।


गुलशन रोहन मुश्तफाको ४५ औं ओभरको दोस्रो बलमा लङअफमा एलिशान शराफुबाट क्याच हुँदै पेभेलिएन फर्केका थिए । युएईका स्पिनर रोहन मुस्तफाले १० ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । हजरत बिलालले दुई र बासिल हामिदले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेटमा मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको युएई ४३.२ ओभरमा १ सय ९१ रनमा अल आउट भएको थियो । युएईका ओपनर मोहम्मद वासिम ४६ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ५० रनमा आउट भए ।

एक समय ७२–० को बलियो सुरुवात गरेको युएई पहिलो विकेटको पतनपछि राम्रो योगफलमा पुग्न सकेन । आक्रामक सुरुवात गर्दै एक समय विशाल योगफलको सम्भावना देखाएपनि नेपालले उत्कृष्ट पुनरागमनका साथ युएईलाई मध्यम योगफलमै रोक्न सफल भएको थियो ।

पहिलो विकेटका लागि ओपनर मोहम्मद वासिम र वृत्य अरविन्दले ११.५ ओभरमा ७२ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाए । उक्त सुरुवातलाई चोभार एण्डबाट आएका दीपेन्द्रसिंह ऐरीले तोडेका थिए ।

दीपेन्द्रको बलमा वृत्य डीप मिडविकेटमा सोमपाल कामीबाट २५ रनमा क्याच आउट हुन पुगे । उनले ३९ बलमा ४ चौका प्रहार गरे । त्यसपछि भने युएईले लगातार विकेट गुमाउन पुग्यो ।

स्पिनर ललित राजवंशीको १५ औं ओभरको अन्तिम बलमा वासिमलाई आउट गर्दै ओडिआई करिअरको पहिलो विकेट लिए । टियु एण्डबाट आएका ललितको बलमा वासिम फस्ट स्लिपमा आरिफ शेखबाट समातिन पुगे ।

सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । सोमपाल कामीले रोहन मुस्तफालाई ४ रनमा बोल्ड आउट गरे । लेग स्पिनर कुशल भुर्तेलको २४ औं ओभरको पहिलो बलमा कप्तान सिपी रिजवान एक्स्ट्रा कभरमा रोहित पौडेलबाट २२ रनमा क्याच आउट भए ।

कुशल भुर्तेलको यो ओडिआई करिअरको पहिलो विकेट हो । ड्रिङ्स ब्रेकपछिको पहिलो बलमै करण केसीले विष्णु सुकुमारन विकेटकिपर आसिफ शेखबाट १५ रनमा क्याच आउट भए ।

उनले ३९ बलमा १ चौका हाने । गुलशन झाको बलमा एलिशान शराफु प्वाइन्टमा दीपेन्द्रसिंह ऐरीबाट ३५ रनमा क्याच आउट भए । शराफुले ४३ बलमा ३ चौका हाने । बासिल हामिद २६ बलमा १ चौका र २ छक्कासहित २४ रनमा सोमपालको बलमा बोल्ड भए । आयन खान २, जहुर खान शून्य, सबिर अली ७ रनमा आउट भए ।

नेपालका सोमपाल कामीले ७.२ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशीले १० ओभरमा ४१ रन खर्चेर ३ विकेट लिए । कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा र करण केसीले एक एक विकेट लिए ।

नेपाल पहिलो खेलमा ८४ रनले पराजित भएको थियो । तेस्रो तथा निर्णायक खेल शुक्रबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.